दुई तिहाइको सरकारलाई ललकार्ने, ‘व्यापारिक घरानाका कार्यक्रममा जाने ?
सत्तारुढ दल रास्वपाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको पछिल्लो अभिव्यक्तिप्रति प्रतिनिधिसभाको बैठकबाटै आपत्ति जनाएको छ ।
सोमबारको प्रतिनिधिसभ बैठकमा रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले मल्लले कानुन दिवसको अवसरमा वर्तमान प्रधानमन्त्री र रास्वपाप्रतिलक्षित गरेर दिएको टिप्पणीप्रति आपत्ति जनाएका हुन् ।
उनले न्यायलय दूषित बनाउने काम दलहरूले गरेको भन्दै भने, ‘न्यायलय दूषित बनाउनका लागि दलको कोटाबाट नियुक्त भएका न्यायमूर्तिहरूबाट पछिल्लो समय देखाएको चरित्रले लाज लजाएको छ । आफ्नो दलबाट कोटामा न्यायाधीश बनाएर स्वच्छ न्यायालयको परिकल्पना कसरी गर्न सकिन्छ ?’
उनले कामु प्रधानन्यायाधीश विभिन्न सार्वजनिक कार्यक्रममा जाँदा आचारसंहिता ख्याल नगरेको भन्दै प्रश्न गरे । कानुनत: प्रतिबन्ध गरिएका विषयलाई ब्यानरमा राखेर आयोजना गरिएको कार्यक्रममा कामु प्रधानन्यायाधीश सहभागी भएको उनको भनाइ थियो ।
‘कोड अफ कन्डक्टभन्दा बाहिरका कार्यक्रममा न्यायाधीशहरू जानुहुँदैन जाँदैनन् भन्ने विश्वभरिको अभ्यास र विश्वास हो । दलको कोटाबाट नियुक्त भएर चिफ जस्टिस भूमिका निर्वाह गरेको भूमिका देख्दा म लज्जित भएको छु,’ उनले भने, ‘पछाडि खुकुरी रमको ब्यानरमा व्यापारिक घरानाको कार्यक्रममा पनि पुगेको छ । अनि सडकबाट दुई तिहाइको सरकारलाई ललकारेको छ । कस्तो न्याय कल्पना गर्नु भएको हो म प्रतिपक्षका शीर्ष नेताहरूलाई सोध्न चाहन्छु ।
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
प्रतिक्रिया