श्रंखलाबद्ध चोरीका घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ
श्रंखलाबद्ध चोरीका घटनामा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा उदयपुरको ताप्ली गाउँपालिका–३ का २७ वर्षीय रमेश कुमार तामाङ र काठमाडौं ९ घर भएका २९ वर्षीय प्रभात सिंह प्रधान छन् ।
उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । उनीहरुले रानिवन र सानोभ¥याङ क्षेत्रमा श्रंखलाबद्ध रुपमा चोरी गरेको आरोप छ ।
उनीहरुबाट चोरीका मोबाइल, ल्यापटप, नगद, मूर्ति, लागु औषध, नगद १ लाख ३५ हजारलगायत बरामद गरेको छ । पक्राउ परेका मध्ये तामाङ लागु औषधको कसुरमा फरार व्यक्ति रहेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए ।
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
प्रतिक्रिया