एसिया कप छनोट प्रतियोगिताः मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने
काठमाडौं । एसिया कप क्रिकेट पुरुष छनोटमा नेपालले बिहीबार मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।
खेल सिंगापुरमा अहिले केहीबेरमा सुरु हुनेछ।
मलेसियाले टस जितेर पहिला फिल्डिङ रोजेपछि नेपाल केहीबेरमा ब्याटिङमा उत्रनेछ।समूह ए मा रहेको नेपाल र मलेसियाको समान २ अंक छ।
यद्यपि रनरेटनमा अघि रहँदै नेपाल शीर्ष स्थानमा छ। आजको खेलको विजेताले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।
यहीँ समूहमा रहेको चीनले आफ्ना दुवै खेल हारेको थियो। कतारले अन्तिम समयमा आफ्नो नाम फिर्ता लिएपछि समूह एमा तीन टोलीबीच मात्र प्रतिस्पर्धा भएको हो।
समूह बी बाट भने हङकङ र ओमानले एक एक खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेका छन्। यो समूहबाट बहराइन र आयोजक सिंगापुर बाहिरिएका छन्।
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
लेबनान–इजरायल युद्धविराम घोषणा
न्यायपालिकाप्रति विश्वास कायम राख्न प्रधानन्यायाधीशसहित सबै न्पायाधीशको सम्पत्ति …
पूर्वन्यायाधीशहरूको निर्णय : सम्पत्ति छानबिन आयोगलाई विवरण नबुझाउने
रोल्पामा जीप दुर्घटना, तीन जनाको ज्यान गयो
भन्सार घोटाला गरेको आरोपमा बीवाईडी कम्पनीका ७७४ विद्युतीय गाडी सशस्त्र प्रहरीक…
उत्तर कोरियाको आणविक दौड तीव्र
प्रतिक्रिया