यी हुन् कांग्रेस केन्द्रीय समितिमा मनोनीत देउवा समूहका १२ र शेखर समूहका ७ जना
नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय समितिमा मनोनीत गरेका निवर्तमान सभापति शेरबहादुर देउवा समूहका १२ जना र डा. शेखर कोइराला समूहका ७ जना छन् ।
सभापति थापाले सोमबार १९ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए । सभापति थापाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए ।
मनोनीत हुने महेन्द्र यादव (धनुषा), उमेश श्रेष्ठ (चितवन), रमेश रिजाल (पर्सा), अजयकुमार चौरसिया (पर्सा), लक्ष्मी परियार (उदयपुर), आङ्गेलु शेर्पा (सोलुखुम्बु), दिनेशकुमार यादव (सप्तरी),राजीव ढुङ्गाना ( सुनसरी), नागिना यादव (महोत्तरी), डा. जीवन राना (कैलाली) र सीता थपलिया (उर्मिला) (धादिङ) छन् । यादव १४ औँ महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित भएका नेता हुन् ।
त्यस्तै डा. शेखर समूहबाट केन्द्रीय सदस्य मनोनीत हुनेमा जीवन परियार (कास्की) सुजाता कोइराला (मोरङ), दिलेन्द्रप्रसाद बडू (दार्चुला), डा.चन्द्रकान्त भण्डारी ( गुल्मी), राजीव कोइराला (सुनसरी), प्रा.डा. गोविन्दराज पोखरेल (प्यूठान) र दिनेश कोइराला (चितवन) छन् । परियार १४ औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री हुन्।
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमबासीको मृत्यु
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
एसियन गेम्स क्वालिफायरमा मलेसियाविरुद्ध भुर्तेलको शतक
रमा तिवारी हत्या प्रकरण : अनुसन्धानमा अल्मलियो प्रहरी
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री
प्रतिक्रिया