के तपाईलाई धेरै तनाव हुन्छ ? कसरी तनाव कम गर्ने ? यस्तो छ ५ उपाय

तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम, करियर, भविष्य सबैले यस किसिमको दबाव पैदा गर्छ । जबसम्म हाम्रो चेतना रहन्छ, तबसम्म तनाव हुन्छ । तर, तनाव हुँदैमा त्यसले आफुलाई नष्ट गर्छ त ?

तनावले त्यसबेला मात्र हामीलाई पिरोल्छ, जब यसको सहि व्यवस्थापन गर्न सकिदैन । तनाव व्यवस्थापन गर्ने कुरा हो । यो निर्मुल हुने कुरा होइन । अर्थात हाम्रो जीवनमा तनाव नै आउन नदिने भन्ने हुँदैन । तनाव आउँछ, तर त्यसलाई सहि ढंगले व्यवस्थापन गर्नुपर्छ ।

परिवार, आफन्त, साथीभाई, समाज आदिको कारण तनाव हुनसक्छ । आफ्नै व्यक्तिगत कारणले तनाव हुन्छ । परिस्थितीको कारण तनाव हुन्छ । असफलतामा तनाव हुन्छ, सफलतामा पनि । तनाव व्यवस्थापनका लागि कुनै औषधी सेवन गर्नुपर्दैन । त्यसका लागी यो उपाय अननाउनुस :

तनाव कसरी कम गर्ने , यस्तो छ उपाय

१. पहिलो उपाय भने लामो श्वास लिने हो । यस कल्पनामा श्वास नलीबाट गहिरो श्वास छाड्नुपर्छ ।

२. तनावग्रहस्त हुँदा हल्ला-खल्लाबाट टाढा एकान्तमा समय बिताउनु पनि प्रभावकारी हुन्छ ।

३.आफ्नो मनपर्ने रुचीअनुसारको काम गर्नुपर्छ ।

४. आफुलाइ मन पर्ने गित सुन्ने तथा आफुलाई सकेसम्म काममा ब्यस्त राख्ने ।

५ .दैनिक ब्यायाम गर्ने ।