‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक
काठमाडौँ, १३ कात्तिकः चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक गरिएको छ । बालगायक अशोक दर्जीको सङ्घर्ष देखाउन खोजिएको चलचित्रको ट्रेलरमा उहाँको सडक बालकदेखि साङ्गीतिक सफलतासम्मको कथा छ ।
ट्रेलरमा काठमाडौँमा बसोबास गर्ने भुईंमान्छे र मध्यमवर्गीय पात्रको सङ्घर्ष, सपना र पैसाका लागि बिदेसिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।
टङ्क बुढाथोकीको पहिलो निर्देशन रहेको चलचित्रमा उहाँकै कथा र सङ्गीत रहेको छ । चलचित्रमा सरोज खनाल, निता ढुङ्गाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटालगायतको अभिनय छ । शिवम अधिकारीका पटकथा र संवाद रहेको चलचित्र आगामी कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदै छ ।
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भ…
‘चलचित्र पत्रकार’ लोकार्पित
प्रतिक्रिया