बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भर्ना
काठमाडौँ, २५ कात्तिकः बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार उनलाई सास फेर्न समस्या भएपछि भेन्टिलेटर सपोर्टमा राखिएको छ।
डाक्टरहरूको टोलीले उनको स्वास्थ्यमा लगातार निगरानी गरिरहेको छ। डाक्टरहरूले आगामी ७२ घण्टा धर्मेन्द्रका लागि निकै चुनौतीपूर्ण रहेको बताएका छन्।
अभिनेत्री तथा धर्मेन्द्रकी श्रीमती हेमा मालिनीले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन्। उनले लेखेकी छन्, ‘धर्मेन्द्रजी अस्पतालमा हुनुहुन्छ। डाक्टरहरूले उहाँको हेरचाह गरिरहेका छन्। परिवार उहाँसँगै छ।’ उनले सबैलाई धर्मेन्द्रको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरिदिन आग्रह गरेकी छन्।
उनको अवस्थाबारे चिन्ता बढिरहेका बेला सन्नी देओलको टोलीले एक बयान जारी गरेको छ। बयानमा भनिएको छ, ‘सधैँजस्तै यो मात्र हल्ला हो। धर्मेन्द्रको अवस्था राम्रो हुँदैछ। उहाँ अब्जरभेसनमा हुनुहुन्छ। डराउनुपर्ने कुनै कुरा छैन।’
दैनिक भास्करका अनुसार धर्मेन्द्रका परिवारका सदस्यहरू अस्पतालमा उपस्थित छन्। हेमा मालिनी पनि उनलाई भेट्न अस्पताल पुगेकी छन्। साथै, धर्मेन्द्रकी अर्की छोरी अहाना देओललाई अमेरिकाबाट बोलाइएको खबर छ।
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
‘चलचित्र पत्रकार’ लोकार्पित
दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको दुई मिनेटमै टुटेपछि..
छ वर्षीय विद्यार्थीको गोली लागेर घाइते भएका अमेरिकी शिक्षकलाई १ करोड डलर क्षत…
प्रतिक्रिया