गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
नेपाली कांग्रेल महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेको छ।
बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले दुवै महामन्त्रीलाई निष्कासन गर्ने निर्णय गरेको छ। कांग्रेसले दुवै महामन्त्रीसँगै सह-महामन्त्री फर्मूल्लाह मंसूरलाई पनि कारबाही गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णय विपरीत विशेष महाधिवेशन गरेकाले उनीहरूलाई कारबाही गरिएको जनाइएको छ।
महामन्त्रीद्वय थापा र शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा पुस २७ गतेदेखि विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम जारी रहेको छ।
विशेष महाधिवेशनका कांग्रेस सभापतिका लागि थापाले उम्मेदवारी दिएका छन्। त्यस्तै, दुई महामन्त्रीका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ। आजै राति ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ।
विशेष महाधिवेशन पक्ष नयाँ नेतृत्व चयनको प्रक्रियामा गएपछि संस्थापन पक्षले कारबाही गरेको हो।
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भ…
‘चलचित्र पत्रकार’ लोकार्पित
दुई वर्ष लामो प्रेमलाई विवाहमा परिणत गर्न लागेको दुई मिनेटमै टुटेपछि..
छ वर्षीय विद्यार्थीको गोली लागेर घाइते भएका अमेरिकी शिक्षकलाई १ करोड डलर क्षत…
प्रतिक्रिया