बझाङको तलकोटमा ‘फोरजी’ सेवा सञ्चालन
काठमाडौँ, ३१ असोजः बझाङको तलकोटमा नेपाल टेलिकमको ‘फोरजी’ सेवा सुरु भएको छ ।
टेलिकमको टुजी र फोरजी सेवाका लागि जिल्लाको–तलकोट गाउँपालिका–४ बुङ्गाडाँडामा बिटिएस टावर जडान कार्य सम्पन्न भएसँगै पहिलो पटक फोरजी सेवा सञ्चालनमा आएको हो । हाल तलकोटमा रहनुभएका टेलिकमका प्रादेशिक निर्देशनालय, अत्तरियाका इञ्जिनियर तिलक धामीका अनुसार आजदेखि फोरजी सेवा सञ्चालन भएको छ । प्राविधिक समायोजनअनुसार टुजी सेवा शुक्रबारदेखि चरणबद्ध रूपमा हट्दै जानेछ ।
जिल्लाको तलकोट वडा नं १ र ४ मा फोरजी सेवा सञ्चालनमा आएको छ भने बाँकी जयपृथ्वी नगरपालिका–१ र ५ तथा छबिस पाथिभरा गाउँपालिका–१ तथा खप्टड छान्ना गाउँपालिकामा पनि छिट्टै फोरजी सेवा सञ्चालन गरिने जनाइएको छ । ती क्षेत्रमा भौतिक संरचना बनिसकेका र बिटिएस उपकरण जडान भएपछि सेवा सञ्चालन हुने टेलिकमले जनाएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको समन्वय र ताकेतापछि तलकोटमा फोरजी सञ्चालनमा आएको हो । मन्त्री खरेलले दुर्गम क्षेत्रमा टेलिकमको पहुँच सहज बनाउन टेलिकम लागिपरेको र आफूले पनि त्यसलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्नुभयो ।
उहाँले बझाङ, बाजुरा, जाजरकोटलगायत दुर्गम जिल्लाको टेलिफोन र इन्टरनेट सेवा विस्तार तथा सेवा गुणस्तर अभिवृद्धिका लागि टेलिकमका सम्बन्धित कार्यालयलाई बारम्बार ताकेता गरिरहेको बताउनुभयो ।
तलकोट वडा नं ४ का वडाध्यक्ष गोरखबहादुर जेठाराले गाउँपालिकामा फोरजी सेवा सञ्चालनमा आएको जानकारी दिनुभयो । उहाँले फोरजी सेवा सञ्चालनमाा आएसँगै स्थानीयवासीलाई आपत्कालीन सम्पर्क, दैनिकी कारोबार तथा पारिवारिक सन्देश आदानप्रदानमा सहज हुने उल्लेख गर्नुभयो ।
जिल्लाको पूर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । यसअघि सञ्चारमन्त्रीको समन्वय र ताकेतापछि जाजरकोटको बारेकोटमा दुई हप्तादेखि अवरुद्ध टेलिफोन सेवा प्राविधिक मर्मतपछि सञ्चालन भएको थियो ।
सञ्चारमन्त्री खरेलले कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेस प्रदेशमा सेवा विस्तारको कामलाई विषेश प्राथमिकता दिन सम्बन्धित निकायलाई ताकेता र आवश्यक निर्देशन दिइसक्नुभएको छ ।
पुटिनलाई जेलेन्स्कीको खुलापत्र: ‘युद्ध अन्त्य गर्ने भए तपाईं र म भेटवार्ता गरौँ’
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
सात वर्षपछि उत्तर कोरिया पुग्दै सी, यसकारण विश्वकै लागि महत्त्वपूर्ण हुनेछ यो भ्…
चौध आणविक रिएक्टर प्रतिस्थापन गर्ने जापानको योजना
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
प्रतिक्रिया