चौध आणविक रिएक्टर प्रतिस्थापन गर्ने जापानको योजना
जापानले सन् २०५० सम्म पुराना १४ आणविक रिएक्टरहरू प्रतिस्थापन गर्ने लक्ष्य अघि सारेको छ । स्थानीय मिडिया रिपोर्टअनुसार ऊर्जा माग तीव्र रूपमा बढ्दै गएपछि टोकियोले आणविक ऊर्जामा निर्भरता पुनः विस्तार गर्ने रणनीति अघि बढाएको हो ।
विशेषगरी कृत्रिम बौद्धिकता (एआई), डाटा सेन्टर र सेमिकन्डक्टर उद्योगको विस्तारसँगै विद्युत् माग उच्च हुँदै गएको अवस्थामा पर्याप्त ऊर्जा आपूर्ति सुनिश्चित गर्न सरकारले यो योजना बनाएको जनाइएको छ । उद्योग मन्त्रालयले तयार पारेको योजनाअन्तर्गत सन् २०४० सम्म पाँच रिएक्टर र सन् २०५० सम्म कुल १४ रिएक्टर प्रतिस्थापन गर्ने लक्ष्य राखिएको छ ।
क्योदो न्युज र एनएचकेलगायत प्रमुख जापानी सञ्चारमाध्यमका अनुसार रिएक्टर प्रतिस्थापनसम्बन्धी स्पष्ट लक्ष्य सार्वजनिक गरिएको यो पहिलो पटक हो । उक्त प्रस्ताव हाल उद्योग मन्त्रालयको प्यानलमा प्रस्तुत गरिएको छ भने सम्बन्धित मन्त्रीहरूले यस गर्मीमा यसको मस्यौदामाथि समीक्षा गर्ने तयारी गरेका छन् ।
ऊर्जा क्षेत्रका अनुमानअनुसार सन् २०४० सम्म जापानमा करिब ५५ लाख किलोवाट विद्युत् आपूर्तिको कमी हुन सक्ने देखिएको छ । यो करिब पाँच आणविक रिएक्टरले उत्पादन गर्ने क्षमतासँग बराबर मानिन्छ ।
सन् २०११ मा फुकुशिमा दाइची आणविक केन्द्रमा आएको ठूलो भूकम्प र सुनामीपछि तीन रिएक्टर पग्लिएपछि जापानले आणविक ऊर्जाको विस्तारमा रोक लगाएको थियो । तर पछिल्ला वर्षहरूमा ऊर्जा सुरक्षा, कार्बन उत्सर्जन घटाउने लक्ष्य र नयाँ प्रविधिको बढ्दो विद्युत् मागका कारण जापानले आणविक ऊर्जालाई पुनः सक्रिय बनाउने दिशामा कदम बढाएको छ ।
सरकारले सन् २०५० सम्म कार्बन तटस्थता हासिल गर्ने लक्ष्यसहित जीवाश्म इन्धनमा निर्भरता घटाउने रणनीतिसमेत अघि सारेको छ । यसै क्रममा एआई र डिजिटल पूर्वाधारको तीव्र विस्तारले सिर्जना गरेको ऊर्जा माग पूरा गर्न आणविक ऊर्जालाई महत्त्वपूर्ण स्रोतका रूपमा पुनः स्थापित गर्ने प्रयास गरिएको छ ।
दिल्लीको होटलमा आगलागी: बाथरुमभित्र अँगालो मारेको अवस्थामा मृत भेटिए एक जोडी
पुटिनको समीक्षा- भारतसँग हाम्रो सम्बन्ध कमजोर हुन्न, पाकिस्तान चीनको नियन्त्रणमा…
सात वर्षपछि उत्तर कोरिया पुग्दै सी, यसकारण विश्वकै लागि महत्त्वपूर्ण हुनेछ यो भ्…
उपकुलपतिका लागि आवेदन दिएकाहरूको सर्टलिस्ट को-को? (सूचीसहित)
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
पहिले सुनसान सडक, अब ट्राफिक जामः उत्तर कोरियामा नयाँ परिवर्तन
रमा तिवारी हत्या प्रकरण : १० दिनपछि भारतीय नागरिक पक्राउ, रकमको विवादले लिय…
प्रतिक्रिया