नेपाल पत्रकार महासङ्घद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणका अवरोध हटाउन आग्रह
काठमाडौँ, १२ भदौ : नेपाल पत्रकार महासङ्घले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको काम तत्काल खुलाउन सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको छ ।
महासङ्घका अध्यक्ष निर्मला शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ समक्ष ज्ञापनपत्र बुझाउँदै सो अल्टिमेटम दिएको हो । महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा अवरूद्ध दर्ता, नवीकरण सुरू नभए महासङ्घ आन्दोलनमा उत्रने उल्लेख छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरूङले अनलाइन सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सङ्क्रमणकालीन व्यवस्था गरिने र तत्काल नयाँ नियमावली पनि ल्याउने आश्वासन दिनुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले सञ्चारमाध्यम दर्ता र नवीकरण सहज बनाउन पहल गरिने बताउनुभयो ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था पछि देशभर अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण र सञ्चालन अवरुद्ध छ ।
प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि ३३ जना (सूचीसहित)
व्यावसायिक र विश्वासनीय पत्रकारितामा जोड
करिब ४६ वर्षपछि गोरखापत्रमा नै फर्काइयो ‘गिद्दे प्रेस’
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
अब अनलाइन सञ्चारमाध्यम दर्ता गर्न ५ हजार रुपैयाँ लाग्ने, नवीकरण शुल्क २५ सय
लाइसेन्स बिना अटो रिक्सा चलाउँछन् अधिकांश चालक
काउन्सिल नेपालले जेनजी प्रदर्शनमा घाइते भएका ४ आर्थिक सहयोग
प्रतिक्रिया