कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ का परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नेपालखबरलाई जानकारी दिए।
परीक्षामा पाँच लाख ११ हजार पाँच सय २५ जना परीक्षार्थी सहभागी थिए। जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।
शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा १० दिन पछाडि धकेलिएको थियो। बोर्डले यस वर्ष वैशाख ११ गते देखि कक्षा १२ को परीक्षा सञ्चालनको तयारी गरेको थियो। कक्षा १२ लाई विद्यालय तहको अन्तिम परीक्षा मानिन्छ।
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिन्छ।
दक्षिण कोरियाले पाउला दुई दशकपछि पहिलो महिला प्रधानमन्त्री ?
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
गगन-विश्वप्रकाश कांग्रेसबाट निष्कासित
बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै
भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन
बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्य सोमबार अचानक बिग्रिएपछि अस्पतालमा भ…
‘चलचित्र पत्रकार’ लोकार्पित
प्रतिक्रिया