महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक सार्वजनिक शौचालय सञ्चालन

काठमाडाैँ। एरोशानसँगको सहकार्यकामा काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वर बस बिसौनीसँगै आधुनिक सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ ।

शुक्रबार महानगरका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गरेका छन्।उद्घाटनपछि बोल्दै मेयर शाक्यले, दिगो विकासका लागि वातावरणमैत्री पूर्वाधार निर्माण र प्रविधियुक्त सहरी सेवा सुविधा वितरणमा प्रतिवद्ध रहेको बताए ।

पुरानो टिकट काउन्टर भएको ठाउँमा शौचालय निर्माण गरिएपछि बसबाट झर्ने र चढने यात्रुले सुविधा पाउनेछन् ।