प्रदेश सरकार देखिने र अनुभव गर्न सकिने सेवा प्रदान गर्न सफल : मुख्यमन्त्री आचार्य
काठमाडौँ, २१ माघः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार नागरिकको दैनिक जीवनसँग जोडिन सफल भएको बताउनुभएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा उहाँले प्रदेश देखिने, अनुभव गर्न सकिने र नागरिकको दैनिक जीवनसँग जोडिन सेवा प्रदान गर्न सफल भएको दाबी गर्नुभयो ।
“विगत सात वर्षमा सङ्घीयता कार्यान्वयन गर्न लुम्बिनी प्रदेश सफल भएको हामीले महसुस गरेका छौँ”, उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशको आफ्नै प्रशंसनिक संरचना, विकास मोडेल, जनअपेक्षा पूरा गर्न सक्षम हुने विश्वास व्यक्त गर्दछु ।” स्थापनाको आठौँ वार्षिकोत्सव मनाउँदै गर्दा प्रदेश सरकार आम नागरिकको भरोसाको रुपमा स्थापितहुन सफल भएको र यसले प्रदेशवासीमा उत्साह थपेको बताउनुभयो ।
प्रदेश सरकार नागरिकको विकासप्रतिको तीव्र आकांक्षा पूरा गर्न, बनेका ऐन नियम तथा कानुनको पूर्ण कार्यान्वयन गर्न, प्रदेशको दिगोपनालगायत साझा सरोकारका मुद्दामा सबैसँग समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्न चाहेको बताउनुभयो । राजनीतिक अस्थितरताको अन्त्यगरी समृद्ध लुम्बिनी, खुसी नागरिकको लक्ष्यहासिल गर्न सरकार प्रतिबद्ध रहेको भनाइ उहाँको छ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । आज आठौँ स्थापना दिवस उत्सवको रुपमा मनाउन थालेको हो । प्रदेशसभा सचिवालय परिसरमा मूल समारोहको आयोजना गरिँदैछ ।
लुम्बिनीकाे नीति तथा कार्यक्रम: मन्त्रालयको संख्या घटाउनेदेखि ‘अधुरा: गर पूरा’…
लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम
प्रदेशसभा बैठकमा दुई विधेयकमाथिको सैद्धान्तिक छलफल
लुम्बिनी प्रदेश सरकारद्वारा खर्चमा मितव्ययिता अपनाउन निर्देशन
लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु
लुम्बिनी प्रदेशसभाः कानुन निर्माणसम्बन्धी स्थानीय तहसँग छलफल
प्रतिक्रिया