गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले लिइन् शपथ

 गण्डकी प्रदेश सभाकी नवनियुक्त सदस्य सुनिता थापाले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार सभामुख कृष्णप्रसाद धितालले उनलाई शपथ गराएका हुन् ।

विमला गौचनको हृदयघातका कारण निधन भएपछि रिक्त पदमा उनी निर्वाचित भएकी हुन् । सुनिता अपांगता र आदिवासी जनजाति कोटाको बन्दसूचीमा थिइन् ।

उनी श्रवणशक्ति नभएका कारण सुन्न सक्दिनन् ।