तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
जुम्लाको तिला गाउँपालिकाले लक्ष्यभन्दा बढी राजस्व रकम सङ्कलन गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा लक्ष्यअर्थात् अनुमान गरेकोभन्दा बढी आन्तरिक राजस्व रकम सङ्कलन गरेको हो ।
महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार पालिकाले त्यस आवमा २६ लाख १७ हजार राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले चालु आवमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका ठेक्कामार्फत काम भइरहेका छन् ।
करिब १२५ वटा योजना उपभोक्ता समितिबाट निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिका योजना शाखाका प्रमुख धीरेन्द्रविक्रम थापाले बताउनुभयो । गाउँपालिकाले आव २०८१/८२ मा २० लाख भन्दामाथिका योजना १४, पाँच लाखदेखि ५० लाखसम्मका ६१ र पाँच लाखभन्दा कम लागतका ११ वटा आयोजना गरी जम्मा ८६ वटा योजना निर्माण सम्पन्न गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाका अनुसार उक्त आवमा ठूला आठवटा योजना ठेक्कामार्फत सम्पन्न भई सञ्चालनमा आएका छन् । त्यसमध्ये पालिकाको जनजागृति आधारभूत विद्यालय पक्की भवन, मानेचौर सिलचौर सडक, सरस्वती आधारभूत विद्यालय भवन, सुडी सामुदायिक भवन, ग्रामीण कृषि सडक रारादेखि घोडेसुडी मानेचौर, राँसाखोप्रीदेखि कयरकोटसम्म सडक निर्माण गरिएको छ । सोही आवमा नयाँ सडकको ट्रयाक करिब ३६ किमी निर्माण गरेको गाउँपालिका अध्यक्ष रोकायाले बताउनुभयो ।
लेबनान-इजरायल युद्धविराम घोषणा
एशियन गेम्स छनोट:नेपालले मलेसियालाई दियो २७६ रनको लक्ष्य
सभापति लामिछानेले नरेन्द्र मोदीलाई दिए नेपाल भ्रमणको निम्तो
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
ऐरीलाई उछिन्दै भुर्तेल बने टी२० अन्तर्राष्ट्रियमा धेरै रन बनाउने नेपाली खेलाडी
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै
प्रतिक्रिया