मुख्यमन्त्री पाण्डे चिकित्सकहरुमाथि हुने कुनै पनि प्रकारको दुर्व्यवहार सैह्य
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे चिकित्सकहरुमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार सैह्य नहुने चेतावनी दिएका छन्।द सोसाईटी अफ सर्जनस नेपाल र साउथ एशियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिकित्सकहरुमाथि दुर्व्यवहारका घटना हुन नदिने आश्वासन समेत दिए।
उनले चिकित्सकहरुलाई निर्भिकतापूर्वक काम गर्न पनि आग्रह गरे। चिकित्सकहरुमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो।
'चिकित्सकको त के कुरा भगवानले पनि सबैलाई बचाउन सक्दैनन्,’ उनले भने, ‘भगवानले बचाउने भए बिहानदेखि बेलुकासम्म भगवानका भक्तहरुले मर्नुपर्ने थिएन। यस्ता किसिमका अभद्र व्यवहारहरु जुन भइरहेका छन्। त्यसलाई हाम्रो सरकारले कुनैपनि हालतमा सहँदैन। सबै डाक्टरहरुलाई आफ्नो पेशामा इमान्दारितापूर्वक र निर्भिकतापूर्वक अगाडि बढ्न पनि म यहाँहरुलाई अनुरोध गर्न चाहन्छु।’
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पुर्याउनका लागि सक्दो पहल गरिरहेको पनि जिकिर गरे।
बजेटमा एआईलाई प्राथमिकता सकारात्मक, तर कार्यान्वयनमा निजी क्षेत्रसँग स्पष्ट साझे…
प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी
भारतले रविलाई प्रधानमन्त्रीकै स्तरमा दियो सम्मान
लुम्बिनीमा एमालेका चार मन्त्रीको राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास
बाजुरामा एक युवकको हत्या
सीमासम्बन्धी अभिव्यक्तिबारे संसद्मा थप जवाफ नदिने बालेन
प्रतिक्रिया