वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

मुख्यसचिवको कल्पना नै नगरेका अर्याल पदमा पुगे, मुख्यसचिव बहाल छँदै मुद्दा खेपेर रेकर्ड बनाए

अवकाशमा जान लागेका वैकुण्ठ अर्याल मुख्यसचिवको रेसबाट बाहिरिसकेका थिए। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाहिना बनेपछि कसेको के लाग्यो। विचौलियाहरुले प्रचण्डलाई मनाए, र दुई दिनपछि सचिवबाट अवकाशमा जान अर्याल ३२ जेठमा मुख्यसचिव बने। उनलाई मुख्यसचिव बनाउने ढोका तत्कालीन मुख्यसचिव शंकरदास वैरागीले खेलेका थिए। उनी ०८० असोज १४ सम्म मुख्यचिवको कुर्सीमा भएको भए अर्याल मुख्यसचिव बन्न पाउँदैनथे। तर, प्रचण्डको बचनमा बैरागीले ठाउँ खाली गरे। ठाउँ खाली गरेबापत बैरागीले प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मा पाए।

https://barnanmedia.com/news/detail/180272/

नेपाली भाषा ध्वस्त पार्ने माओवादी योजना विफल, सर्वोच्चले उल्टायो दीनानाथको निर्णय

नेपालको राज्य प्रणाली, राजनीतिक व्यवस्था, सामाजिक थिति अनि नेपाली भाषा र संस्कृतिमाथि शृंखलाबद्ध रूपमा प्रहार गर्दै आएको माओवादीले नेपाली व्याकरण पनि सिध्याउनै लागेको थियो । माओवादीले पशुपतिनाथदेखि प्रज्ञा प्रतिष्ठानसम्मै हमला गर्‍यो । नेपाली सेना र प्रहरीसँग त उसले बन्दुकले नै लड्यो । कर्मचारी प्रशासनमा घूसपैठ गरेर भ्रष्टाचारको साम्राज्य फैलाउँदै छ । अदालतमा घूसपैठ बढाउन अब जसरी पनि एक जना न्यायाधीश सर्वोच्च अदालतमा हुनुपर्ने अडान प्रचण्डले लिइरहेका छन् । त्यसका लागि उनले भविष्यमा प्रधानन्यायाधीश हुन सक्ने गरी दीनमणि पोखरेलका नाममा अड्डी कसिरहेका छन् ।

https://barnanmedia.com/news/detail/180274/

एसइईको नतिजा सार्वजनिक हुँदै, यसरी हेर्न सकिन्छ नतिजा

 राष्ट्रिय परीक्षा बोर्डले यही साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नतिजा सहजरूपमा हेर्न विभिन्न माध्यमको व्यवस्था गरेको छ ।

 

सोमबार  सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने विभिन्न व्यवस्था गरेको हो । सो कार्यालयले २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।

कर्मचारीको उच्चतम पदमा पुग्यो, राजनीतिक नेतृत्वसम्म अख्तियार किन पुगेन ?

बहालवाला मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । २०४७ सालयताको नेपालको इतिहासमै पहिलोपल्ट बहालवाला मुख्यसचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो । 

अर्याललाई सचिवबाट अवकाशमा जान केही दिन मात्रै बाँकी हुँदा बहालवाला मुख्यसचिवलाई अन्यत्र सार्दै मुख्यसचिवमा नियुक्त गरिएको थियो । अझ भन्दा उनलाई मुख्यसचिव बनाउनकै लागि सूचना प्रविधि क्षेत्रको एक भ्रष्टाचारी गिरोहले तत्कालीन मुख्यसचिव शंकरदास बैरागीका निम्ति मन्त्रीसरहको सुरक्षा सल्लाहकार पद सिर्जना गरी व्यवस्थापन गरेको थियो । बैरागीले पदावधि बाँकी छँदै राजीनामा दिएर अर्यालका लागि ठाउँ खाली गरिदिएका थिए । उनै अर्यालसहित ११ जनाविरुद्ध ३८ करोड भ्रष्टाचारको आरोपसहित विशेष अदालतमा मुद्दा दायर भएको छ । 

https://barnanmedia.com/news/detail/180367/

नेपाली भाषा ध्वस्त पार्ने माओवादी योजना विफल, सर्वोच्चले उल्टायो दीनानाथको निर्णय

नेपालको राज्य प्रणाली, राजनीतिक व्यवस्था, सामाजिक थिति अनि नेपाली भाषा र संस्कृतिमाथि शृंखलाबद्ध रूपमा प्रहार गर्दै आएको माओवादीले नेपाली व्याकरण पनि सिध्याउनै लागेको थियो । माओवादीले पशुपतिनाथदेखि प्रज्ञा प्रतिष्ठानसम्मै हमला गर्‍यो । नेपाली सेना र प्रहरीसँग त उसले बन्दुकले नै लड्यो । कर्मचारी प्रशासनमा घूसपैठ गरेर भ्रष्टाचारको साम्राज्य फैलाउँदै छ । अदालतमा घूसपैठ बढाउन अब जसरी पनि एक जना न्यायाधीश सर्वोच्च अदालतमा हुनुपर्ने अडान प्रचण्डले लिइरहेका छन् । त्यसका लागि उनले भविष्यमा प्रधानन्यायाधीश हुन सक्ने गरी दीनमणि पोखरेलका नाममा अड्डी कसिरहेका छन् ।

https://barnanmedia.com/news/detail/180274/

नेतान्याहुले भने- 'हमाससँगको युद्धको महत्त्वपूर्ण चरण पूरा, अब हिजबुल्लाहसँग सामना गर्न तयार छाैँ'

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा हमाससँगको युद्धमा ‘महत्त्वपूर्ण कोसेढुंगा’ पुगेको बताएका छन् ।

नेतान्याहुले इजरायली सेनालाई लेबनानसँगको उत्तरी सिमानामा हिजबुल्लाहको सामना गर्न जाने अनुमति दिएका छन्। गत वर्ष अक्टोबर पछि इजरायली मिडियासँगको आफ्नो पहिलो अन्तर्वार्तामा नेतान्याहुले गाजाको रफाह सहरमा भएको ग्राउण्ड अपरेशन छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको बताए ।यद्यपि, उनले भने, "यसको अर्थ युद्ध सकियो भन्ने होइन। हमासको विनाश नभएसम्म हाम्रो लडाइ जारी रहनेछ।" हिजबुल्लाहको सामना गर्ने प्रश्नमा नेतान्याहुले भने, "हामी धेरै मोर्चाहरूमा लड्न सक्छौं र हामी यसको लागि पूर्ण रूपमा तयार छौं।"

चिकित्सा शिक्षा आयोगकाे जिम्मेवारी यि चार निर्देशकलाइ

 चिकित्सा शिक्षा आयोगका चार निर्देशकले जिम्मेवारी सम्हालेका छन् ।

प्रा.डा सुदीप आचार्य, प्रा.डा गुरु खनाल, प्रा.डा. सुजनबाबु मरहठ्ठा र प्रा.डा सरला श्रेष्ठले सोमबार नियुक्ति पत्र बुझ्दै कार्यभार सम्हालेका हुन् ।

मापदण्ड तथा प्रत्यायन निर्देशनालय, समन्वय तथा प्राज्ञिक उन्नयन निर्देशनालय, परीक्षा निर्देशनालय र नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज गरी ३ वटा निर्देशनालय र एक बोर्डमा निर्देशक नियुक्त भएका छन् ।चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. अञ्जनीकुमार झाले नियुक्ति पत्र दिएको पुष्टि गरे ।चिकित्सा शिक्षा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० कात्तिक २३ गते राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयालको संयोजकत्वमा ३ सदस्यीय निर्देशक नाम सिफारिस समिति गठन गरेका थिए । समितिमा प्रा.डा. रमेशकान्त अधिकारी र प्रा.डा. बुद्धिबहादुर थापा सदस्य थिए ।

गिरीबन्धु टि स्टेट प्रकरणविरुद्ध उजुरी हाले अनुसन्धान गर्न तयार छु :  गृहमन्त्री लामिछाने

 गृहमन्त्री रवि लामिछानेले गिरीबन्धु टि स्टेट प्रकरणविरुद्ध उजुरीको प्रतिक्षामा रहेको बताएका छन् । उनले गिरीबन्धु टि स्टेट प्रकरणविरुद्ध उजुरी हाले अनुसन्धान गर्न तयार भएको बताए ।

प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले भने, “गिरीबन्धु टि स्टेट प्रकरणविरुद्ध उजुरीको प्रतिक्षामा छु । यदि उजुरी परेको खण्डमा गिरीबन्धु टि स्टेट प्रकरणको फाइल खोल्ने छु । अन्य प्रकरणको फाइल पनि खोल्न नेपाल प्रहरी तयार छ ।”

तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर

आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन्। 

सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो। तर उनको कसुर निर्धारण भने आगामी असार १७ गते मात्रै हुनेछ। सिन्धुपाल्चोक र सर्लाहीका विभिन्न स्थानमा आश्रम खडा गरी त्यहाँ जाने आनीहरुलाई जबरजस्ती करणी गर्ने, बेपत्ता पर्ने लगायतका कार्य गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। 

बाल यौन दुराचार तथा व्यक्ति बेपत्ता पारिएको उजुरी विभिन्न जिल्लामा परेपछि उनी फरार रहेका थिए।  उनलाई २०८० पुस २४ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको थियो। 

गृहमन्त्री लामिछानेले भने जीबीलाई पक्राउ गरेर ममाथि लागेको आरोपहरु मेटाउछु

 गृहमन्त्री रवि लामिछानेले जीबी राई पक्राउ गर्न आफ्नो ब्याग्र र प्रतिक्षाको विषय भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जीबी राईलाई पक्राउ गरि आफूमाथि लागेको आरोपहरु मेटाउने बताए ।

“जीबी राई मलेसियामा रहेको खबर पाएको छु । मैले मलेसियाको गृहमन्त्रीसँग दुई पटक सम्म कुरा गरिसकेको छु । जीबीलाई पक्राउ गरेर ममाथि लागेको आरोपहरु मेटाउनु छ । सहकारी पिडितको बचत फिर्ता गर्ने छु ।”

सांसद गुरुङको निलम्बनबारे सर्वोच्च-हाम्रो फैसला नजिरको अनुकूल नै छ

सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका तर सार्वजनिक पदमा नरहेका व्यक्ति निर्वाचन वा मनोनयनबाट सार्वजनिक पदमा पुग्न संवैधानिक र कानूनी अड्चन नहुने भनी व्याख्या गरेको छ ।

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङले दायर गरेको रिट निवेदनमाथि व्याख्या गर्दै सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दा लागेकै कारण कुनै व्यक्तिलाई निर्वाचन वा मनोनयनबाट सार्वजनिक पदमा अवरोध गर्न नहुने भनेको हो ।

समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा फनपार्कको नाममा भाडामा दिंदा भ्रष्टाचार भएको भनी अख्तियारले २१ माघ २०७५ मा मनाङका सांसद टेकबहादुर गुरुङ लगायतलाई भ्रष्टाचार मुद्दा दायर गरेको थियो । २०७४ सालको निर्वाचनबाट निर्वाचित उनी मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परे, सांसदको रुपमा काम गर्न पाएनन् ।

ऊर्जामन्त्री बस्नेत समक्ष विद्युत् नियमन आयोगका अध्यक्षको शपथ

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले  विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनियताको शपथ गराउनुभएको हो । सोही अवसरमा अध्यक्ष धितालले आयोगका सदस्य डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराउनुभएको थियो । 

सङ्घीयताप्रतिको बुझाइमा एकरुपता जरुरी छ : मन्त्री जोशी

 सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीयताप्रतिको बुझाइमा सबै राजनीतिक दल तथा आम जनसमुदायमा एकरुपता कायम गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ माथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री जोशीले सङ्घीयताप्रतिको बुझाइमा एकरुपता ल्याउन सबैले योगदान गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सङ्घीयतालाई जनमुखी र जवाफदेही बनाउनपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । “सङ्घीयता व्यवस्थापनका पक्षलाई सन्तुलित, मितव्ययी, पारदर्शी, जवाफदेही, जनमुखी एवं सदाचारी बनाउनुपर्नेछ”, मन्त्री जोशीले भन्नुभयो, “निर्वाचित जनप्रतिनिधिको उत्साह, राजनीतिक चेतना, विकासप्रतिको दृष्टिकोण, नागरिक सेवा तथा कर्मचारीतन्त्रप्रतिको धारणालगायत विषयको सही विश्लेषण गरी सुधारको ढाँचा निर्धारण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

डोटी बडिकेदारकी निरुताले पाइन कृतिम खुट्टा

डोटी बडिकेदार गाउँपालिका-५ की २० वर्षीया निरुता थापाले कृतिम खुट्टा पाउनुभएको छ । केही वर्षपहिले घाँस काट्ने क्रममा भिरबाट लड्दा उहाँको देब्रे खुट्टा भाँचिएको थियो । उपचारका क्रममा भाँचिएको खुट्टा काटिएपछि उहाँ वैशाखीको सहारामा हिँड्डुल गर्दै आउनुभएको थियो । 

रूखबाट लडेर श्रीमतीको खुट्टा काट्नु परेको थियो । उनी वैशाखीको सहारामा हिँड्डुल गर्थिन्, डोटीका सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेको अग्रसरतामा काठमाडौँको गौशाला धर्मशालास्थित मारवाडी सेवा समिति नेपालले कृतिम खुट्टा सहयोग गरेको हो”, निरुताका श्रीमान् मोहन थापाले भन्नुभयो । 

घरायसी विवादमा बाँसको मुङ्ग्रो प्रहार गरि बहिनीको हत्या गर्ने दाई पक्राउ

रौतहटमा आफ्नै बहिनीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

परोहा नगरपालिका–८ की २० वर्षीया तेतरी कुमारी रामको हत्या गरेको आरोपमा उनकै दाई नरकटिया टोल बस्ने २२ वर्षीय दीपन्द्र कुमार रामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार दीपन्द्र कुमारले घरायसी विवादको कारण रिस आवेगमा बाँसको मुङ्ग्रोले हान्दा गम्भीर घाइते भएकी तेतरीको वीरगंजस्थित नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।