नेपाली भाषा ध्वस्त पार्ने माओवादी योजना विफल, सर्वोच्चले उल्टायो दीनानाथको निर्णय
नेपालको राज्य प्रणाली, राजनीतिक व्यवस्था, सामाजिक थिति अनि नेपाली भाषा र संस्कृतिमाथि शृंखलाबद्ध रूपमा प्रहार गर्दै आएको माओवादीले नेपाली व्याकरण पनि सिध्याउनै लागेको थियो । माओवादीले पशुपतिनाथदेखि प्रज्ञा प्रतिष्ठानसम्मै हमला गर्यो । नेपाली सेना र प्रहरीसँग त उसले बन्दुकले नै लड्यो । कर्मचारी प्रशासनमा घूसपैठ गरेर भ्रष्टाचारको साम्राज्य फैलाउँदै छ । अदालतमा घूसपैठ बढाउन अब जसरी पनि एक जना न्यायाधीश सर्वोच्च अदालतमा हुनुपर्ने अडान प्रचण्डले लिइरहेका छन् । त्यसका लागि उनले भविष्यमा प्रधानन्यायाधीश हुन सक्ने गरी दीनमणि पोखरेलका नाममा अड्डी कसिरहेका छन् ।
हाम्रो मौलिक पात्रो ध्वस्त पार्न माओवादीका एक लडाकुले विक्रम संवत् नै खारेज गरी इस्बी संवत् लागू गर्ने निर्णय गरेका थिए । पछिल्लो कालखण्डमा दीनानाथ शर्मा शिक्षा मन्त्री हुँदा नेपाली भाषाका संयुक्त अक्षरहरुलाई टुक्र्याएर हलन्त युगमा फर्काउने प्रपञ्च रचियो । मौखिक भाषाअनुसार लेख्य भाषामा रुपान्तरण गर्ने भन्दै वर्ण विन्यास परिमार्जनका नाममा नेपाली मौलिकतामाथि हमला गरियो ।
लामो समयको बहसपछि अन्ततः सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज गरिदिएको छ । न्याधीशद्वप सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले यो निर्णय गरेको हो ।
सर्वोच्च अदालतको ठहर छ, ‘पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रम बनाउने हो । पाठ्यक्रमसम्बन्धी नीति बनाउने हो । व्याकरण बनाउने होइन ।’ सर्वोच्च अदालतले भाषा विकासको आफ्नै स्वाभाविक गति हुने भएकाले कुनै प्रशासकीय टिप्पणी वा आदेशका भरमा चलाउन नपाउने ठहर गरिदिएको छ ।
सर्वोच्चको यो निर्णयसँगै तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले २०६९ सालमा गरेको टिप्पणी सदर गर्ने आदेश खारेज भएको छ । उनले पाठ्यक्रम विकास केन्द्रले तयार गरेको ‘सम्पादन तथा प्रकाशन शैली पुस्तिका’ २०६९ साउन २२ मा सदर गरेका थिए। उक्त निर्णय उत्प्रेषणको आदेशले बदर गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
हालसम्म स्थापित वर्ण विन्यास र व्याकरणको नियमलाई भत्काउने गरी भाषामा टिप्पणी आदेशका भरमा गरिएको सो निर्णय बदर गर्न माग गर्दै भाषा अभियन्ता बलदेव शर्मा अधिकारी, पत्रकार टपेन्द्र कार्कीलगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले परिवर्तित व्याकरणअनुसार प्रकाशन गर्न लागिएको कक्षा १० को अनिवार्य नेपालीको पाठ्यक्रम तत्काल रोक्नका लागि पनि माग गरेका थिए ।
नयाँ वर्णविन्यासको नियमअनुसार, संयुक्त अक्षरहरू टुक्र्याउनुपर्ने हुन्थ्यो। त्यसअनुसार क्ष, त्र, ज्ञ, ॐ जस्ता अक्षर नै लोप हुने अवस्था थियो । त्यस्तै यी अक्षरको प्रयोग गर्दा विद्यार्थी अनुत्तीर्ण हुनुपर्थ्यो। यति मात्र होइन, तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको नामसमेत ‘रा ष् ट् र प ति वि द् या दे वी भ ण् डा री’ लेख्नुपर्ने हुन्थ्यो। गौतम बुद्धलाई गउतम् बुद्द लेख्नुपर्ने हुन्थ्यो । भृकुटीलाई भिरकुटी लेख्नुपर्ने गरी वर्ण विन्यासको नयाँ नियम तयार पारिएको थियो । प्रत्येक वर्ण टुक्य्राएर लेख्नुपर्ने र खुट्टा काट्ने नियमले नेपाली लेख्य भाषालाई झण्डै भानुभक्तकालीन अवस्थामा फर्काउँदै थियो ।
यसरी लेख्दा पुस्तकको आकारसमेत तेब्बर बढ्ने हिसाब भाषा अभियन्ताहरूले सर्वोच्चमा पेस गरेका थिए । १०० पृष्ठमा समेटिने पुस्तक ३०० पृष्ठ पुग्ने र यसले कागज तथा मसीको खपत बढ्ने उनीहरूको तर्क थियो । धन्न सर्वोच्च अदालतले नेपाली भाषा ध्वस्त पार्ने माओवादी कुचेष्टामा अंकुश लगाएको छ । तर आउँदा दिनमा माओवादीले नेपाली मौलिक धर्म, भाषा, साहित्य, संस्कृति, थिति, विधि आदि कहाँ प्रहार गर्दै छ ? आमनागरिकले चनाखोपूर्वक हेर्नुपर्ने भएको छ । किनभने माओवादीको सिद्धान्त नै विध्वंश हो । उसको नीति नै हिंसा र उथलपुथल हो ।
शिक्षकको अन्तर पालिका सरुवामा कडाइ, तीन बुँदे निर्देशन जारी
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
प्रतिक्रिया