टि-२० विश्वकप : नेदरल्याण्ड्स बंगलादेशसगं २५ रनले हार्याे
आईसिसी टि-२० विश्वकपमा नेपाल रहेको समूह डी मा बंगलादेशले नेदरल्याण्ड्स माथि जित दर्ता गरेको छ । बंगलादेशले नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको हो ।
बंगलादेशले दिएको १६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३४ मात्र बनाउन सक्यो । राम्रो सुरुवात गरेको नेदरल्याण्ड्स जिततर्फ उन्मुख रहेको थियो । तर १५औं ओभरमा रिशाद होसेनले साईब्रान्ड एनगेलब्रेक्ट र बास डे लिडेको विकेट लिएपछि बंगलादेश खेलमा भारी परेको थियो ।
नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५ तथा माइकल लेभिटले १८ रन जोडे । आर्यन दत्तले १५ तथा म्याक्स ओ’डाउडले १२ रन बनाए ।बंगलादेशका लागि होसेनले ३ तथा तास्किन अहमदले २ तथा मुस्तफिजुर रहमानले र तान्जीम शकीबले १-१ विकेट लिए ।
त्यसअघि सेन्ट भिन्सेन्टमा टस गरेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५९ रन जोड्यो । बंगलादेशका लागि शाकीब अल हसनले ४६ बलमा ९ चौका सहित सर्वाधिक ६४ रन जोडे । तान्जिद हसनले ३५ रन बनाए भने महमुदुल्लाहले २५ रन जोडे । जाकेर अलीले १४ रन बनाए ।नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले २-२ तथा टिम प्रिंगलले १ विकेट लिए ।
जित पछि समूहमा दोस्रो स्थानमा रहेको बंगलादेशको ३ खेलमा ४ अंक पुगेको छ । नेदरल्याण्ड्सको ३ खेलमा २ अंक रहेको छ । सोही समूहमा नेपालको २ खेलमा १ अंक रहेको छ ।बंगलादेशको जित पछि श्रीलंका एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । श्रीलंकाको ३ खेलमा १ अंक मात्र रहेको छ । दक्षिण अफ्रिका ३ खेलमा ६ अंक सहित सुपर ८ मा प्रवेश गरिसकेको छ ।
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर
प्रतिक्रिया