जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक,लिखित परीक्षामा ८ जना मात्रै उत्तीर्ण(नामावलिसहित)

न्याय सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बिहीबार सार्वजनिक नतिजामा ४३ जिल्ला न्यायाधीशका लागि माग हुँदा लिखित परीक्षामा ८ जना मात्रै उत्तीर्ण भएका छन्।

न्याय सेवा आयोगले वैशाख २७ देखि ३० गतेसम्म लिखित परीक्षा लिएको थियो।न्यायाधीश पदमा निकै कम मात्र परीक्षार्थी उत्तीर्ण हुने गरेका छन्।

सफल उम्मेदवारको अन्तर्वार्ता असार ६ र ७ गते हुने भएको छ।

यी हुन् पास भएका उम्मेदवार