फिफा विश्वकप २०२६ को अन्तिम खेलमा नेपाल बराबरीमा राेकियाे
अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले यमन विरुद्ध बराबरी खेलेको छ । पाँच खेलमा गोलविहिन नेपालले साउदी अरबको दम्माम शहर स्थित प्रिन्स मोहमद विन फहद स्टेडियममा यमन विरुद्ध २-२ को बराबरी खेल्दै दोस्रो चरणको पहिलो अंक जोडेको हो ।
नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १-१ गोल गरे । दुवै खेलाडीका लागि आजको गोल अन्तराष्ट्रिय करियरको पहिलो गोल रहेको थियो ।नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो । बक्स भित्र मनिष डाँगीले रमी अल-वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल-गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए ।
त्यसपछि नेपालले खेलको २३औं मिनेटमा बराबरी गोल गरेको हो । एक गोलले पछि परेको अवस्थामा डिफेन्डरले किपरका लागि खेलेको ब्याकपासमा बल भेटाउँदै सञ्जीव विष्टले बक्स भित्रबाट खेलमा बराबरी गोल गरेका थिए ।
६६औं मिनेटमा नेपालले खेलमा अग्रता दियो । छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो ।तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल-दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो ।नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो । तर अन्ततः नेपालले दुई गोल गर्न सफल भएको हो ।
नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरण समाप्त गरेको छ । नेपाल रहेको समूह एच मा युएईले १६ अंक सहित पहिलो हुँदै र बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन् । यस्तै ५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन् ।
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
श्रीलंकामाथि जितका बाबजुद पाकिस्तान विश्वकपबाट बाहिर
प्रतिक्रिया