कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु

काठमाडौँ, २६ वैशाख : कैलालीको घोडाघोडीस्थित एक सुधार केन्द्रमा युवकको मृत्यु भएको घटना अनुसन्धानका लागि प्रहरीले सञ्चालकसहित १७ जनालाई नियन्त्रणमा लिएको छ ।

घोडाघोडी नगरपालिका-४ भालुफाटामा रहेको नयाँ बाटो  पुर्नस्थापना सुधार केन्द्रमा बुधबार राति २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको थियो ।

इलाका प्रहरी कार्याल सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीप्रेन्द्रकुमार पालका अनुसार सुधार केन्द्रका सञ्चालक बल खत्री र सञ्चालक समिति अध्यक्ष होम तामाङसहितका १७ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । अरु १५ जना भने सुधार केन्द्रमा राखिएका व्यक्तिहरु हुन् ।

प्रहरीका अनुसार सुधार केन्द्रले शाहीले भाग्नका लागि एक तले भवनको छतबाट बुधबार राति हाम फालेको दाबी गरेको छ । मृतकका परिवारले भने सुधार केन्द्रले २५ दिनयता शाहीसँग भेट्न र कुराकानी पनि गर्न नदिएको हुनाले घटना शंकास्पद रहेको जिकिर गरेका छन् ।