देशभरिनै मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखी मध्यम वर्षाको

 हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ।। जसको प्रभावले देशको  पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली  रही एक–दुई स्थानहरूमा हल्का वर्षा भइरहेको छ  ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ ।  कोशी प्रदेश, मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग र हावाहुरीसहित हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाले जनाएकाे छ।

तराईका एक-दुई स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।

आज राति कोशी, मधेस,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका  थोरै स्थानहरूमा साथै बाँकी  प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग र हावाहुरीसहित हल्का देखी मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ।