वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

बागमती सरकारको बिदा अदालतले स्वीकारेनन

राज्यका संरचनाहरुमै बिदाको द्धन्द बेलाबखत सार्वजनिक हुने गरेको क्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल भाषा र तामाङ भाषाको प्रबद्र्धनको लागि भनी आज प्रदेशस्तरमा घोषणा गरेको बिदा अदालतहरुले अस्वीकार गरेका छन् । 

प्रदेश सरकारको कानुन मन्त्रालयले घोषणा गरेको विदा आफूहरुलाई आकर्षित नहुने भन्दै अदालतहरुले अस्वीकार गरेका छन् । संघीय सरकारको गृहमन्त्रालयको सूचनाबाट मात्रै अदालतहरुमा बिदा हुने भन्दै काठमाण्डौं जिल्ला अदालतले बिदा अस्वीकार गरेको परिपत्र सार्वजनिक गरेको छ । 

https://barnanmedia.com/news/detail/174640/

दुई वर्षमै दुई पटक फुट्याे जसपा, सत्तामै रहेका बेला उपेन्द्रसँग किन बिच्किए अशाेक राई?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) तीन वर्ष अघि नै फुट्दाफुट्दै  जोगिएको थियो।  त्यतिखेर केन्द्रमा १७ सांसद रहेको जसपाका नेताहरु रेणु यादव, मोहम्मद इस्तियाक राईलगायतले पार्टी विभाजन गर्ने अन्तिम तयारी गरेका थिए। सोही अनुसार तत्कालीन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत भए पुग्नेगरी अध्यादेश ल्याएका थिए।

पूर्वआईजीपी सर्वेन्द्र खनाल र एमाले नेता महेश बस्नेतहरू कोरोना महामारीमा मधेस पुगेर डा सुरेन्द्र यादवलाई मेरियट होटल ल्याएका थिए। तर,  काठमाडौं आएपछि यादवले आफूलाई अपहरण गरेको बताएछि विषयान्तर भयो। पछि अध्यादेश नै निस्क्रिए बनेपनि पार्टी फुट्न सकेन।  सर्वाेच्च अदालतले संसद विघटन अवैध ठहर गरेर कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनेपछि ओली शक्तिविहीन भए। जसपा फुटनबाट जोगियो। त्यसकाे केही समयपछि बाबुराम भट्टराई सहितका नेताहरू जसपाबाट अलग भएका थिए। 

https://barnanmedia.com/news/detail/174632/

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

बागमती मन्त्रिपरिषद्को बैठकले  प्रदेशमा सरकारी काम काजको भाषा प्रयोगमा ल्याउने क्रममा आज वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशभित्र सरकारी काम काजको भाषाको रुपमा नेवारी र तामाङ भाषालाई आज काठमाडौँको वसन्तपुरमा एक समारोहको  आयोजना गरी शुभारम्भ गरिने छ।

ओलीको एकै झट्कामा माधव नेपालको प्रधानमन्त्री बन्ने सपना चकनाचुर

राजनीतिका गोटी कसरी चाल्नुपर्छ ? जस्तासुकै परिस्थिति पनि आफ्नो पक्षमा कसरी पार्नुपर्छ ? यो प्रश्नको उत्तर समकालीन राजनीतिमा केपी शर्मा ओलीलाई भन्दा बढ्ता कसलाई थाहा होला ? 

नपत्याए हेर्नुहोस् गत आम निर्वाचनयताका घटनाक्रम । आम निर्वाचन एक्लै लड्नुपर्यो  । राष्ट्रियरुपमा एमालेविरुद्ध गठबन्धन भयो । त्यो पनि आफ्नो पार्टी फुटाएर धुजाधुजा पारिएका बेला । ओलीले चुनावको नतिजा आउनेबित्तिकै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाए । त्यसबेला कम्तीमा आफ्नो पार्टीबाट सभामुख बनाएर संवैधानिक परिषद्मा आफ्नो प्रतिनिधिको उपस्थिति सुनिश्चित गराए ।

https://barnanmedia.com/news/detail/174641/

चोरले एक तोला सुन निलेपछि...

 पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ । चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहाका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । यस क्रममा योङ्याको साथबाट रु १५ हजार नगद बरामद गरिएको थियो । 

माधव नेपालले बोलाएअपरान्ह संसदीय दलको बैठक

आज अपरान्ह संसदीय दलको बैठक बोलाइएको हो । नेकपा एसका असन्तुष्ट सांसदहरुलाई सम्झाउनका लागि नेपालले दलको बैठक बोलाएको नेताहरुले बताएका छन् । आफ्नो दल पनि विभाजन हुने सूचना नेपालले पाएको बताइन्छ ।

उपेन्द्र यादवसहित यो गठबन्धन छाडेर वैकल्पिक गठबन्धनबाट प्रधानमन्त्री बन्ने प्रयासमा तत्काल अवरोध भएपछि नेता नेपाल चिन्तित छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई अहिलेको सत्ता समिकरणबाट निकाल्न प्रधानमन्त्रीलाई संकेत गरिसकेका छन् ।

बागमती प्रदेशभित्र नेवार र तामाङ भाषा सरकारी कामकाजमा

 बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गर्नुभयो । आज ‘भाषा दिवस २०८१’ पनि भएकाले सरकारले ती भाषा सरकारी कामकाजमा कार्यान्वयनमा आएको घोषणा गरेको हो । 

तोलामा रु दुई सयले बढ्यो सुनको मूल्य

 स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु दुई सयले वृद्धि भई रु एक लाख ३५ हजार छ सय पुगेको छ । आइतबार छापवाला सुन तोलामा रु एक लाख ३५ हजार चार सयमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार तेजावी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार सात सय ५० मा कारोबार भएको थियो । चाँदी मूल्य तोलामा रु एक हजार छ सय ६० निर्धारण भएको छ । आइतबार चाँदी तोलामा रु एक लाख छ सय ४० मा कारोबार भएको थियो ।

जनकपुरमा शुभश्री बचत सहकारीको ६० लाख लुटपाट, हतियारधारी फरार

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ। 

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ। 

प्लाष्टिक झोलामुक्त बनाउन कार्यविधि

तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धि कार्यविधि’ २०८१ पारित गरेको छ ।  

नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा आइतबार बसेको नगरकार्यपालिका बैठकले आगामी जेठ १ गतेदेखि नगरलाई प्लाष्टिक झोलामुक्त बनाउने अभियान उद्देश्यसहित कार्यविधि पारित गरिएको प्रवक्ता जीवन गुरुङले जानकारी  दिनुभयो ।

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु भएको जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, “हामीले केही वर्ष परीक्षणका लागि सेवा सुरु गरेका थियौँ, केही कानूनी प्रक्रिया पूरा गरी आजदेखि औपचारिकरुपमा सेवा सुरु गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँले केही समयपछि चालक र यात्रुको बीमा पनि गरिने बताउनुभयो । उहाँले राइडरहरुले सेवा उपयोग गरे वापत कम्पनीलाई १० प्रतिशत सेवा शुल्क बुझाउनुपर्ने समेत जानकारी दिनुभयो ।

 दुई महिनादेखि विद्युत् उत्पादन बन्द, दैनिक आठ लाख घाटा

पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्णरुपमा बन्द रहेको छ । 
   
प्रतापपुर गाउँपालिका–७ गुठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रको उत्पदान करिब दुई महिनादेखि बन्द रहेको जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले बताउनुभएको छ । जलविद्युत् केन्द्रको नहर बन्द ‘क्यानल सटडाउन’ भएपछि विद्युत् उत्पादन रोकिएको उहाँले बताउनुभएको छ । गत चैत १३ गते नहरमा पानी आउन बन्द भएपछि उत्पादन बन्द गरिएको उहाँले बताउनुभयो ।

कान्तिपुरका अध्यक्ष सिरोहियाले गृह र जिल्ला प्रहरी कार्यालय धनुषा विरुद्ध रिट दर्ता

 कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाले गृह मन्त्रालय र जिल्ला प्रहरी कार्यालयविरुद्ध प्रतिषेधको रिट दायर गरेका छन्। उनले आइतबार रिट दायर गरेकोमा सर्वोच्चले सोमबार रिट दर्ता गरेको हो।

जिल्ला प्रहरी कार्यालय धनुषाले सिरोहियाको नागरिकताको सम्बन्धमा परेको जाहेरी दर्ता गरेर अनुसन्धान गरिरहेको छ। रिटमा गैर कानुनी धरपकड हुनसक्ने भन्दै सो रोक्न माग गरिएको छ।

सरकारलाई ८० लाख नोक्सान गराएको अभियोग लागेका सुनसरीका जिसस प्रमुखसमेत पाँच जनालाई सफाइ

विशेष अदालतले सुनसरीका जिल्ला समन्वय समिति प्रमुखसमेत पाँच जनालाई सफाइ दिने फैसला गरेको छ । राजस्व रकम हिनामिना गरी भ्रष्टाचार गरेको अभियोगमा उनीहरुले सफाइ पाएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्ष अघि चार व्यक्ति तथा एक कम्पनीलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको थियो । जसमाथि सुनुवाइ गर्दै विशेषका सदस्यहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला गरेको हो । 

https://barnanmedia.com/news/detail/174704/