बागमती सरकारको बिदा अदालतले स्वीकारेनन

काठमाण्डौं, बैशाख २४ राज्यका संरचनाहरुमै बिदाको द्धन्द बेलाबखत सार्वजनिक हुने गरेको क्रममा बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल भाषा र तामाङ भाषाको प्रबद्र्धनको लागि भनी आज प्रदेशस्तरमा घोषणा गरेको बिदा अदालतहरुले अस्वीकार गरेका छन् । 

प्रदेश सरकारको कानुन मन्त्रालयले घोषणा गरेको विदा आफूहरुलाई आकर्षित नहुने भन्दै अदालतहरुले अस्वीकार गरेका छन् । संघीय सरकारको गृहमन्त्रालयको सूचनाबाट मात्रै अदालतहरुमा बिदा हुने भन्दै काठमाण्डौं जिल्ला अदालतले बिदा अस्वीकार गरेको परिपत्र सार्वजनिक गरेको छ । 

सरकारी कार्यालयहरु अघिकांश बिदा हुने भएतापनि तीनै तहको अदालत संचालन रहनेछ ।