रास्वपा सचिवालय बैठक बस्दै , उपनिर्वाचनको समीक्षा गरिने

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे बैठक बस्न लागेको हो । आज बस्ने बैठकमा इलाम—२ को उपनिर्वाचनको समीक्षा गरिने महामन्त्री मुकुल ढकालले जानकारी दिए।

इलाम—२ को उपनिर्वाचनमा चौथो भएको रास्वपाको जमानत जफत भएको थियो।