इन्डोनेसियामा पहिरो जाँदा एकको मृत्यु, नौ बेपत्ता
इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन् ।
पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ ।
पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको आशङ्का गरिएको बताउनु भएको छ । यसै क्रममा उद्धारकर्ताहरूले सोमबार बिहान पहिरो र घरको भग्नावशेषबाट एक मृत महिलालाई निकालिएको उहाँले बताउनुभयो ।
उहाँले दुर्घटनामा दर्जनौँ घरहरू ध्वस्त भएपछि करिब ४०० गाउँलेहरू अस्थायी आश्रयस्थलमा शरण लिन पुगेका छन् ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया