दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
बुधबार बिहान दिल्लीको मालवीय नगरमा रहेको एक रेस्टुरेन्टमा आगलागी हुँदा २१ जनाको मृत्यु भएको छ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार मृतकहरूमा मध्य एसिया र अफ्रिकाका नागरिक पनि छन्। यद्यपि अझै मृतक एकिन भइसकेको छैन।
दिल्ली अग्नि सेवा र स्थानीय बासिन्दाका अनुसार, मालवीय नगरमा रहेको लेमन ग्रिन रेस्टुरेन्टमा बिहान ८:५० बजे आगलागी भएको थियो। आगो रेस्टुरेन्ट माथि रहेको होटल फ्लोरिस स्टेसम्म फैलिएको थियो। छ जनाभन्दा बढीलाई बेसमेन्टबाट पनि बाहिर निकालिएको छ।
सार्वजनिक भिडिओमा केही मानिस आफ्नो ज्यान बचाउन जलिरहेको भवनबाट हाम फालिरहेको देखिन्छ।
स्थानीय बासिन्दाले भाग्न मद्दत गर्न भुइँमा गद्दा पनि राखेका छन्। अहिलेसम्म ३७ जनालाई उद्धार गरिएको छ, जसमध्ये धेरै जना गम्भीर अवस्थामा छन्।
दिल्लीको यो होटलमा कसरी आगलागी भयो भन्ने कुरा अझै अज्ञात छ।
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
रुसले युक्रेनमा हान्यो हाइपरसोनिक मिसाइल
भारतमा प्रचण्ड गर्मीः छतमै अण्डा फ्राइ
प्रतिक्रिया