प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए शपथ
माेरङ । प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आचार्यलाई शपथ गराएका हुन् ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिए पछि नयाँ मुख्यमन्त्रीमा एमाले सचिव आचार्य नियुक्त भएका हुन्।राईले राजीनामा दिएका थिए भने आचार्य नयाँ दल नेता चुनिएका थिए ।मुख्यमन्त्री हेरफेर अघि एमाले संसदीय दलले नेता परिर्वतन गरेको थियो ।
प्रदेशसभामा एमालेको एकल बहुमत भएसँगै आचार्यलाई मुख्यमन्त्री बन्ने बाटो खुलेकाे हाे। एमालेमा भएकाे आन्तरिक किचलाेका कारण चार वटा प्रदेशमा मुख्यमन्त्री परिवर्तन भएकाे छ । एमालेले गण्डकी र लुम्बनीमा सरकार गुमाउन पुगे पनि अन्य दुइ प्रदेशमा भने समिकरण मिलाउन मुख्यमन्त्री बदलेकाे हाे।
सर्वोच्चको आदेश: प्रचण्ड-बाबुरामलाई युद्ध अपराध मुद्दा नलाग्ने, बाल लडाकुलाई 'अ…
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
प्रतिक्रिया