सुकुमवासीको बसोबास केही व्यवस्थित भएको छ : रञ्जु दर्शना
रास्वपा नेतृ एवं काठमाडौं–१ की सांसद रञ्जु दर्शनाले होल्डिङ सेन्टरमा सुकुमवासीको बसोबास केही सहज भएको बताएकी छिन् । कीर्तिपुर राधास्वामी सत्संग व्यास आश्रममा राखिएका सुकुमवासीको अनुगमनमा पुगेकी उनले बसोबासमा केही सुधार भएको बताएकी हुन् ।
‘होल्डिङ सेन्टर आफ्नो घर होइन र घर जस्तो हुन पनि सक्दैन । तर हिजोको तुलनामा आज केही सुधार भएको छ । विशेषगरी छुट्टाछुट्टै निलो टेन्टहरूको व्यवस्था भएपछि बसोबास केही व्यवस्थित भएको पाएको छु,’ उनले भनेकी छिन् ।
गर्भवती, सुत्केरी र साना बालबालिकाको व्यवस्थापनमा समन्वय गरिरहेको उनले बताएकी छिन् । ‘उहाँहरूको तत्काल आवश्यकता र अनिवार्य व्यवस्थापनका विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेको छु,’ उनले भनिन् ।
सुकुमवासीको आशा सरकारसँग रहेको पनि उनले उल्लेख गरेकी छिन् । ‘आफू जन्मे–हुर्केको बस्ती भत्किएर सबै जना एउटै होल्डिङ सेन्टरमा बस्नुपरेको साझा पीडा स्पष्ट रूपमा देख्न पाएँ । तर त्यो पीडासँगै सरकारले व्यवस्थापन गर्छ, हामीलाई यहाँ स्थायी रूपमा राखिँदैन भन्ने गहिरो आशा पनि उहाँहरूमा देखियो । हिजोभन्दा भोलि उज्यालो हुनेछ भन्ने विश्वासले उहाँहरू अघि बढिरहनु भएको छ,’ उनले भनिन् ।
संघीय मन्त्रालय तथा भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्रालयको समन्वयमा काठमाडौं महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएको छ । राधास्वामी आश्रमले खाना आफैँ पकाएर खुवाइरहेको छ ।
‘गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि पोषणयुक्त आहार र आवश्यक सेवामा विशेष ध्यान दिनुपर्ने विषयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको प्रोटेक्सन क्लस्टरमार्फत सम्बन्धित निकायसँग समन्वय पनि भइरहेको छ,’ उनले भनेकी छिन् ।
भावनात्मक रूपमा पीडा देखाएर सुकुमवासीलाई सधैं सुकुमवासी नै रहन दिन नहुने उनको भनाइ छ । ‘जोखिमयुक्त स्थानमै राखिराख्नु पर्छ भन्ने असंवेदनशील तर्कसँग म सहमत छैन,’ उनले भनेकी छिन् ।
शेयर र घरजग्गा कारोबारमा तिर्नुपर्ने पुँजीगत लाभकर बढ्यो
असन्तुष्ट पक्षलाई समेटेर लान सभापतिलाई नेता शशाङ्कको सुझाव
सहकारी क्षेत्रका ऋणीलाई ठूलो राहत दिने गरी सरकारले नयाँ व्यवस्था लागू
संविधान संशोधनबारे छलफल गर्न शाहले बोलाए कार्यदलको बैठक
परिवर्तनको पक्षमा अघि बढ्यो न्यायालय, बुढो कांग्रेस बाईबाई
सभापति लामिछानेले ज्ञानेन्द्र शाहीलाई के भने ?
तराईमा उत्पन्न विवादबारे केन्द्रीय सुरक्षा समितिमा छलफल
प्रतिक्रिया