मारापी ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाको मिनाङ्काबाउ विमानस्थल बन्द
इन्डोनेसियाको पश्चिमी सुमात्रा प्रान्तमा रहेको मिनाङ्काबाउ अन्तरराष्ट्रिय विमानस्थल शुक्रबार अस्थायी रूपमा बन्द गरिएको छ । मारापी क्षेत्रमा ज्वालामुखी विस्फोटपछि उक्त निर्णय लिइएको बताइएको छ ।
"यस निर्णयबाट असुविधा हुनसक्छ तर सबैको सुरक्षा मुख्य प्राथमिकता हो, र आशा छ अवस्था चाँडै सुधार हुनेछ," यातायात मन्त्रालयको हवाई यातायातका महानिर्देशक क्रिस्टी एन्डाह मुर्नीले उल्लेख गर्नु भएको छ ।
उहाँले ज्वालामुखीको खरानीले इन्जिनलाई हानि पुर्यामउन सक्छ र उडानमा खतरामा पार्न सक्ने बताउनु भएको छ । विमानस्थल बन्दका कारण २९ वटा उडान पुनः सार्नुपरेको थियो ।
यही ३ डिसेम्बरमा मारापी ज्वालामुखी विस्फोट हुँदा २३ जना पर्वतारोहीको मृत्यु भएको थियो भने ५२ जना घाइते भएका थिए ।
कञ्चनपुरमा भ्यान दुर्घटना, १३ यात्रु घाइते
सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
प्रतिक्रिया