भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
भक्तपुरको चाँगुनारायण नगरपालिका -८ मञ्जुश्री गुम्बानजिकै मजदुर बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । ढलान सकेर भक्तपुरतर्फ मजदुर बोकेर फर्किँदै गरेको ट्र्याक्टर दुर्घटनामा परेको हो ।
दुर्घटना भएको ट्र्याक्टर पल्टिएर च्यापिँदा मजदुरको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काका अनुसार कलमसिस्थित एक होटलमा ढलान सकेर १२ जना मजदुर बोकेर फर्कँदै गरेको ट्र्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।
घाइते मजदुरहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको उनको भनाइ छ ।
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
टिप्परको ठक्करबाट १ जनाको मृत्यु
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु
प्रतिक्रिया