ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
सवारी साधनको इन्जिन क्षमता (CC) अनुसार कर फरक हुन्छ!!
सवारी साधनको ब्लुबुक नवीकरण (Bluebook Renew) गर्ने प्रक्रिया र हालको (२०८२/८३) दररेट सम्बन्धी विस्तृत जानकारी तल दिइएको छ। बागमती प्रदेशको नियम अनुसार यो विवरण तयार पारिएको हो।
✅१. नवीकरणका लागि चाहिने कागजातहरू<<<
✍🏿 सवारी दर्ता किताब (Bluebook): ओरिजिनल कपी।
✍🏿 बीमा (Insurance): तेस्रो पक्ष (Third Party) वा पूर्ण बीमा गरेको सक्कल प्रमाणपत्र।
✅ २. बागमती प्रदेशको हालको कर दररेट (FY 2082/83)<<<
सवारी साधनको इन्जिन क्षमता (CC) अनुसार कर फरक हुन्छ:
क. मोटरसाइकल तथा स्कुटरको नयाँ कर (वार्षिक)
इन्जिनको क्षमता (CC) अनुसार करको विवरण यस प्रकार छ:
• १२५ CC सम्म: रु. ३,०००/-
• १२६ देखि १५० CC सम्म: रु. ५,०००/-
• १५१ देखि २२५ CC सम्म: रु. ६,५००/-
• २२६ देखि ४०० CC सम्म: रु. १२०००/-
• ४०१ देखि ६५० CC सम्म: रु. २५,०००/-
• ६५१ CC भन्दा माथि: रु. ३०,०००
✳️ नवीकरण दस्तुर दुई पाङ्ग्रेको रु.३००/- पर्छ
ख. कार, जिप र भ्यान (निजी) को कर
• १००० CC सम्म: रु. २२०००/-
• १००१ देखि १५०० CC सम्म: रु. २५०००/-
• १५०१ देखि २००० CC सम्म: रु. २७०००/-
• २००१ देखि २५०० CC सम्म: रु. ३७०००/-
• २५०१ देखि २९०० CC सम्म: रु. ५००००/-
• २९०१ देखि माथी : रु. ६५०००/-
✳️ चार पाङ्ग्रेको नवीकरण दस्तुर रु.५००/- पर्छ
ग. विद्युतीय सवारी (EV) को आकर्षण
वातावरणमैत्री सवारीलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय सवारीमा न्यून कर कायम गरेको छ:
• ५० kW सम्म: रु. ५०००/-
• ५० देखि १२५ kW सम्म: रु. १५,०००
• १२६ देखि २२५ kW सम्म: रु. २०,०००
• २२५ kW भन्दा माथि: रु. ३०,०००
✅ ३. महत्त्वपूर्ण जानकारी (जरिवाना र छाप)<<<
• म्याद नाघेको ९० दिनसम्म जरिवाना लाग्दैन ||
• ९० दिन देखि ३० दिनसम्म: ५% जरिवाना
• ३० दिन देखि ७२ दिन सम्म १०%
• ७२ दिन पछि आर्थिक वर्षको मसान्तसम्म: २०% जरिवाना
• आर्थिक वर्ष कटेमा (अर्को वर्ष लागेमा): ३२% जरिवाना
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
माफी माग्दै नारायणकाजीले भने: सडकआश्रित मानव व्यवस्थापनमा राज्य चुक्यो
बुधबार बस्दै कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक
पोखराका सञ्चालित क्यासिनोहरूमा प्रहरीले आकस्मिक निरीक्षण
चेक अनादर मुद्दामा फरार ग्रेटर नेपाल अभियानका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
प्रतिक्रिया