स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
मेचीनगर नगरपालिका–७ स्थित सतिघट्टा चिया बगान क्षेत्रमा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
आज अपराह्न भएको दुर्घटनामा मेचीनगर–७ निवासी २१ वर्षीय अजय राजवंशी र मोटरसाइकलमा सवार भारतको गलगलिया निवासी ३२ वर्षीय अजय माझीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक राजवंशी र त्यसमा सवार माझीलाई उपचारका लागि मेची प्रादेशिक अस्पताल पुर्याइएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
टिप्परको ठक्करबाट १ जनाको मृत्यु
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
टिपरमाथि ढुंगा खस्दा चालकको मृत्यु
प्रतिक्रिया