सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु
रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर स्थित समनपुर–गरुडा सडकखण्डमा आज बिहान सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढीमाई नगरपालिका—९ मलाहीटोलका ४३ बर्षिय प्रमोद सहनी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिनुभयो ।
ठक्कर दिने सवारी साधनको पहिचान नभएको र खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको छ । उहाँको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ ।
कञ्चनपुरमा भ्यान दुर्घटना, १३ यात्रु घाइते
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
प्रतिक्रिया