भेनेजुएला सडक दुर्घटनामा १६ को मृत्यु
भेनेजुएलाको एक राजमार्गमा सामूहिक सडक दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै अन्य छ जना गम्भीर घाइते भएको स्थानीय अधिकारीले बुधबार बताएका छन् ।
काराकसलाई पूर्वसँग जोड्ने ग्रान मारिस्कल डे अयाकुचो राजमार्गमा भएको दुर्घटनामा हालसम्म १६ जना मृत्यु भएको खुलेको प्रमुख अग्नि नियन्त्रक जुआन गोन्जालेजले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार केही समयअघि भएको दुर्घटनाका कारण रोकिएका कारको लाइनमा तीव्र गतिको ट्रकले ठक्कर दिँदा थप दुर्घटना भएको हो ।
जोखिम व्यवस्थापन तथा नागरिक उपमन्त्री कार्लोस पेरेज एम्पुएडाले दुर्घटनामा आठ जनाको मृत्यु भएको सूचना दिँदै मर्नेहरूको सङ्ख्या बढ्नसक्ने बताउनुभएको थियो । उहाँले दुर्घटनामा १७ वटा सवारी साधन प्रभावित भएको जानकारी दिनुभयो ।दुर्घटनाको समयमा भीषण आगलागी र धुवाँका मुस्लोका तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
आगलागी भएका सबैजसो सवारी साधनहरू नियन्त्रणमा रहेको एम्पुएडाले बताउनुभयो । उहाँका अनुसार दुर्घटनास्थलको व्यवस्थापनको काम भइरहेकाले आकस्मिक सेवाहरू आउन ढिलाइ भएको थियो ।
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
टिप्परको ठक्करबाट १ जनाको मृत्यु
प्रतिक्रिया