२२० टनको भवनलाई ३० फिट पर सार्न साबुन प्रयोग गरेपछि...
क्यानडाको नोभा स्कटियाको हलिफ्याक्श शहरमा कुनै समय होटेलको रूपमा प्रयोग गरिएको एउटा भवनलाई सार्न अनौठौ तरिका प्रयोग गरिएको छ ।
तपाईले घरलाई भइरहेको ठाउँबाट अन्यत्र सार्न अनेकौँ प्रविधिबारे सुन्न भएको होला । यो प्रविधि तपाईँको कल्पनाभन्दा परको छ । अर्थात् त्यो भवनलाई सार्नका लागि साबुनको सयौँ टुक्रा प्रयोग गरिएको थियो । हलिफ्याक्समा रहेको एल्मवूड भवन सन् १८२६ मा बसोबासका लागि बनाइएको थियो ।
सन् १८९६ मा सो भवनलाई भिक्टोरियन एल्मवूड होटेलको रूपमा परिणत गरियो । सन् २०१८ मा यसलाई ध्वस्त बनाउन लागिएको थियो ।
तर रियल ईस्टेट कम्पनी ग्यालेक्सी प्रोपर्टिजले भवन ध्वस्त पार्ने योजना रोकिदियो अनि त्यो भवनलाई किन्यो । कम्पनीले उक्त भवनलाई सडकको नजिकै सार्न खोजेको थियो । कम्पनीले बनाउन लागेको नयाँ अपार्टमेन्ट कम्प्लेक्ससँग यसलाई जोड्न सकियोस् भनेर नयाँ जगमा घरलाई राख्नु थियो ।
भवन २२० टनको थियो । कम्पनीको फेसबुक पेजमा शेयर गरिएको एउटा टाइम ल्याप्स भिडियोमा कम्पनीका क्रु मेम्बरले सो भवनलाई नयाँ ठाउँमा सफलतापूर्वक सारेको देखाइएको छ ।
कम्पनीका मालिक शेल्डन रशटनका अनुसार भवनलाई स्टिलको फ्रेममा ल्याउन परम्परागत रोलको ठाउँमा ७०० ओटा आइभोरी साबुनको प्रयोग गरिएको थियो । यो साबुन निकै नरम हुन्छ । यस कामका लागि साबुन बाहेक २ ओटा एक्स्काभेटर र ट्रकको प्रयोग गरिएको थियो । नयाँ जग तयार भएपछि भवनलाई फेरि सारिने बताइएको छ ।
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
कोहलपुरका विद्यालय तीन दिन बन्द
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ
प्रतिक्रिया