एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण
काठमाडाैँ। एसियाली विकास बैंक एडिबीले जलवायु परिवर्तनबाट सृजित समस्यासँग जुँध्न लाओसलाई ३ करोड २० लाख ऋण स्वीकृत गरेको छ ।
देशका विभिन्न प्रान्तका कृषक समुदायको जीविकोपार्जनमा सुधार ल्याउँनका लागि मङ्गलबार तीन करोड २० लाख अमेरिकी डलर ऋिण स्वीकृत गरेको छ ।
एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ ।
एडिबीका अनसुार परियोजनाले उच्च मूल्यका तथा बजारमुखी बालीहरू विस्तार गरेर आर्थिक विविधीकरणलाई प्रवर्धन गर्न एवं अतिरिक्त कृषि जनशक्तिलाई रोजगारी उन्मुख बनाउने लगायतका कार्य गर्ने छ । साथै व्यापार वृद्धि गर्दै कृषि निर्यात विस्तारको माध्यामबाट विदेशी मुद्रा तथा कर राजस्व आर्जन गर्ने लक्ष्य पनि लाओसले अगाडि बढाएको छ।
खडेरी, बाढी तथा मौसमी जोखिमको हिसाबले लाओस उच्च जोखिममा रहेको एडीबीले जनाएको छ । पछिल्ले समय मौसमी जोखिमका कारण लाओसको कुल ग्रार्हस्थ उत्पादनमा करिब दुई प्रतिशत कमी आएको अनुमान गरिएको छ ।
अत्यधिक गर्मीका कारण बाली उत्पादन घट्दै गहिरहेको समयमा सिञ्चाइको उच्च आवाश्यकता रहेको तथा माटोको स्वस्थ्यमा पनि कमी आएका कारण सुख्खा मौसमी धानको उत्पादन भने स्वात्तै बढ्दै गएको छ ।
त्यहाँस्थित १०४ वटा सौर्य ऊर्जाबाट चल्ने बोरहोल बढ्दो तापक्रमसँग अनुकूलन बनाउन अपर्याप्त छ ।
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
कोहलपुरका विद्यालय तीन दिन बन्द
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ
प्रतिक्रिया