पूर्वयुक्रेनी राजनीतिज्ञको मस्कोमा हत्या
युक्रेनका संसद् सदस्य इल्या किभाको बुधबार मस्को नजिकैको एउटा होटल पार्कमा साइलेन्सर (आवाज नआउने) हतियारद्वारा हत्या गरिएको स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।
अज्ञात आक्रमणकारीले साइलेन्सरसहितको सानो बन्दुकबाट किभाको हत्या गरेका हुन् । समाचार समिति तासका अनुसार उनी बसेको होटलको पार्कमा उनको शव भेटिएको थियो ।
सरकारी आरआईए नोभोस्ती समाचार समितिका अनुसार युक्रेनको रक्षा मन्त्रालयका मुख्य गुप्तचर निर्देशनालय (जियुआर) ले किभाको मृत्युको जिम्मेबारी लिएको छ । जियुआरका प्रवक्ता एन्द्रे युसोभले टेलिभिजनमा उनको हत्यायमा जियुआरको संलग्नता स्वीकार गरेका छन् ।
ओडिन्त्सोभो जिल्लास्थित सुपोनेभो गाउँको होटलमा किभाको शव फेला परेपछि मस्को क्षेत्रका अनुसन्धानकर्ताहरूले हत्याको आपराधिक मामिला खोलेका छन् । प्रहरी अधिकारीहरू घटनास्थल पुगेर घटनाको सबै परिस्थिति स्पष्ट गरिरहेका छन् ।
धनुषाको चित्रपुरमा आँप महोत्सव : बगैँचामै टिप्न र स्वाद लिन पाइने
अन्तरवार्ताको बिचमै रिसाएर किन हिँडे ट्रम्प ?
कोहलपुरका विद्यालय तीन दिन बन्द
२३ सचिवको जिम्मेवारी हेरफेर, कृष्णहरि पुष्करसहित ६ जना अतिरिक्त समूहमा
प्रतिनिधिसभा बैठक सूचना टाँसेर भोलिसम्म स्थगित
करका दर हेरफेरको विषयमा संसदीय छानबिन गर्नुपर्छ: ज्ञानेन्द्र शाही
चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ
प्रतिक्रिया