सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु
सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु हुनुका साथै करिब सात लाख ५० हजार मानिस घरबारविहीन भएको संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालयले शुक्रबार जनाएको छ ।
“विनाशकारी वर्षा र बाढी फैलिरहेकोले देश विपत्तिको बीचमा छ,” राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय निकायले एक विज्ञप्तिमा भनेको छ ।
मुसलधारे वर्षा, बाढी र डुबानका कारण दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हिर्शाबेल र जुबाल्याण्डका साथै बनादिर क्षेत्रका अधिकांश मानिस प्रभावित भएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकायले लाखौं सोमालियालीहरू भोकमरी र कुपोषणसँग जुधिरहेको र यस वर्षको अगस्टदेखि सन् २०२४ को जुलाईसम्ममा पाँच वर्षमुनिका अनुमानित १५ लाख बालबालिकाले तीव्र कुपोषणको सामना गर्नुपरेको जनाएको छ ।
ठूलो आवश्यकताको बावजुद, सन् २०२३ सोमालिया मानवतावादी प्रतिक्रिया योजनालाई ७६ लाख मानिसहरूको प्राथमिकता आवश्यकताहरू पूरा गर्न २ं६ अर्ब अमेरिकी डलरभन्दा बढीको लागी पूर्व घोषित कार्यक्रमको केवल ४२ प्रतिशत कोष जगेडामा छ ।
“सहायता संस्थाहरूले अतिरिक्त स्रोतहरू बिना वर्तमान र नयाँ आवश्यकताहरू पूरा गर्न सक्दैनन्,“ विज्ञप्तिमा भनिएको छ ।
रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
टिप्परको ठक्करबाट १ जनाको मृत्यु
प्रतिक्रिया