चैत २४ मा बस्दै बागमती प्रदेश सभा बैठक
बागमती प्रदेश सभा बैठक चैत २४ गते बस्ने भएको छ।
आइतबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आउँदो मंगलबार प्रदेश सभा बैठक बस्नेगरी अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले मंगलबार दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएका हुन्।
यसअघि गत साउन २७ गते तत्कालीन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिनका लागि प्रदेश सभा बैठक बोलाएपछि हालसम्म बैठक बसेको थिएन।
झण्डै ८ महिनापछि प्रदेश सभा बैठक बस्न लागेको हो।
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
बागमतीमा कांग्रेसका पाँच मन्त्री नियुक्त
बानियाँ बागमतीको नयाँ बन्ने निश्चित मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिने …
बागमती प्रदेशसभा बैठक बस्दै
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
मुख्यमन्त्री जम्कट्टेलद्वारा सर्वदलीय बैठक आह्वान
प्रतिक्रिया