इजरेल–हमास युद्धविरामको माग
काठमाडौँ। इजरेल–हमासबीच चलिरहेको युद्धको आज १९ दिन भइसकेको छ । सोही क्रममा हजारौँको ज्यान गइसकेको छ भने दुवैतर्फ अतुलनीय क्षति भइसकेको छ ।
यो युद्ध कहिलेसम्म चल्छ भन्ने यकिन छैन भने रोक्ने प्रयास पनि भइरहेको छैन । विश्वका विभिन्न राष्ट्रहरु पक्षविपक्षमा उत्रिएका छन् । तर युद्धविराम गर्न पहल भइरहेको छैन ।
यसैबीच पछिल्लो समय गएराति इजरेली सेनाले सिरियाको सैन्य आधार शिविरमा आक्रमण गरेको छ । सिरियाका तर्फबाट गोलन हाइटस्मा इजरेली समूदायमाथि रकेट आक्रमण गरिएपछि जवाफ कारबाही गरेको इजरेलले जनाएको छ ।
यसैबीच संयुक्त राष्ट्रसंघले इजरेल–हमास युद्धको युद्धविरा मगर्न माग गरेको छ । राष्ट्रसंघ प्रमुख एन्टोनियो गुटेरेसले प्यालेस्टेनीहरुले यो युद्धलाई जसरी सहिरहेका छन् त्यसका बाबजुद पनि हमासको हमलालाई सही ठहर्याउन नसकिने भन्दै युद्ध विराम गर्नुपर्ने माग गरेका हुन् ।
हमासको हमलाको सजाय सम्पूर्ण प्यालेस्टिनीले भोग्नु परेको भन्दै यो गलत भएको गुटेरेसले बताएका छन् ।
यता गुटेरेसले युद्धविरामको माग गर्दा इजेरली प्रतिनिधिले उनकै राजीनामा मागेका छन् । अमेरिकाले अझै युद्धविरामको पक्षमा नरहेको बताएको छ । अहिले युद्धविराम गर्दा हमासलाई फाइदा हुने अमेरिकी तर्क छ ।
अमेरिकी विदेश मन्त्री एन्टोनी जे ब्लिंकेनले युद्धविरामका लागि समय नभएको बताए पनि गुटेरेसले भने प्रयास नछाड्ने बताएका छन् । उक्त समयमा राष्ट्रसंघकी अमेरिकी प्रतिनिधि लिन्डा थोमस पनि सहभागी थिइन् ।
ईश्वरी हत्या प्रकरण: किटानी जाहेरीका आधारमा थप तीन जना पक्राउ
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
प्रतिक्रिया