श्रीमती महिनावारी हुँदा छोरीमाथि बलात्कार
बुवाबाट बलात्कृत हुँदै आएकी दैलेखकी बालिकाको प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बुवालाई नियन्त्रणमा लिइएको हो ।
बालिका १ वर्षदेखि आफ्नै बुवाबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले किशोरीको उद्धार र बुवालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा ती बालिका आफ्नै बुवाबाट बलात्कृत भएको खुलेपछि ४९ वर्षीय किशोरीका बुवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपी किशोरीका बुवाविरुद्ध हाडनातामा जबरजस्ती करणीको मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख गणेशबहादुर बरालले जानकारी दिए ।
पक्राउ परेका बुवाले आफ्नै छोरीलाई २०८२ साउनबाटै बलात्कार गरिरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
पीडित बालिकाकी आमाले दिएको बयानअनुसार छोरीमाथि बलात्कार भइरहेको जानकारी पाए पनि श्रीमान्ले मार्ने धम्की दिएपछि घटनाबारे भन्न सकेको बताइएको छ । आर्थिक विपन्नताका कारण किशोरीकी आमाले दैनिक कमाउन जानुपर्ने र घरमा बुवाले दैनिक जाँडरक्सी खाएर आफू र छोराछोरीलाई कुटपिट गर्दै आएको आमाको बयान छ ।
बालिकालाई दैलेखस्थित सामाजिक संस्थाको संरक्षणमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुवाको बलात्कारको शिकार बनेकी किशोरीले बुवाको डरले घटनाबारे कतै भन्ने नसकेको बताएकी छिन् । गत साउन महिनादेखि नै छोरी बलात्कारमा परेको बालिकाकी आमाको बयान छ ।
‘म महिनावारी भएको बेला छाउगोठमा सुतेको थिएँ । छोरीहरू बुवासँग सुतेका थिए, त्यहीँबाट बुवाको कुकृत्य सुरु भएछ,’ किशोरीकी आमाको बयान छ । १२ वर्षीया छोरीमाथि बुवाले त्यस्तो गर्लान् भन्ने कल्पना पनि नगरेको उनले बताइन् ।
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
४५ वर्षीय बुवा सानु नेपाली र उनकी १८ वर्षीया छोरी विवादले निम्त्याएको दु:खद्…
धरानमा युवकको हत्या गरी फरार आरोपित मोरङमा समातिए
पाल्पामा २५ वर्षीया युवतीमाथि जबरजस्ती करणी
वनको दाउरा कसले लिने भन्ने विषयमा विवाद हुँदा एक जनाको ज्यान गयो
दिउँसै हतियार प्रहार गरी एक युवकको हत्या
५८ वर्षीय बुवाको हत्या गरेको आरोपमा २४ वर्षका युवक पक्राउ
प्रतिक्रिया