सय रुपैयाँमा हप्ताभरि ननस्टप यूट्युब
काठमाडौं : एनसेलले आफ्ना फोरजी ग्राहकको लागि ‘ननस्टप यूट्युब’ अफर ल्याएको छ।
भिडियो सामाग्रीहरु हेर्दा धेरै डाटा खपत हुने र शुल्क पनि बढी लाग्ने चिन्ताबाट मुक्त हुँदै ग्राहकले यूट्युबको प्रयोग गर्न सक्ने एनसेलले जनाएको छ। एनसेलले नयाँ ‘प्लस’ थिमअन्तर्गत आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप यूट्युब’ अफर ल्याएको हो।
यस प्याकेजमा नयाँ ‘प्लस’ थिम अन्तर्गत डेटा बन्डलिङ सहित यूट्युब अफर, एकसय रुपैयाँमा एक हप्ताभरि यूट्युब चलाउन मिल्ने, थप ४ जीबी अल टाइम अल नेटवर्क डाटा, फेसबुक र टिकटकको लागि थप डाटा पनि लिन सकिने एनसेलले जनाएको छ।
प्रतिक्रिया