सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप

सुदूरपश्चिमका अस्पतालमा कोरोना संक्रमितको चाप बढेको छ । नयाँ भेरियन्टसहितको कोरोना महामारीको दोस्रो लहरले सुदूरपश्चिमका अस्पतालमा चाप बढेको हाे।

अस्पतालमा अहिले कोरोना संक्रमितको उपचारका लागि ५५ शय्या छन् । अहिले ५८ जना भर्ना भएका छन् ।अस्पतालले जनाए अनुसार ३ जना भेन्टिलेटरमा छन् भने २० जना आईसीयूमा छन् । २८ जनालाई अक्सिजनको सहायतामा राखिएको र ७ जना मेड्रेटमा रहेको छ।

 १५ शय्याको आकस्मिक कक्ष भरिएपछि ग्यालरी र अस्पतालको आँगनमा राखेर उपचार भइरहेको छ ।‘दिन प्रतिदिन सङ्क्रमितहरू बढिरहेका छन्’ अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले भने ‘अहिले ग्यालरीमा र आँगनमा पनि राखेर उपचार गर्न बाध्य छौँ ।’ उनका अनुसार संक्रमितलाई प्राथमिकतामा राखेर लक्षण देखिएकाहरूलाई आकस्मिक कक्षमा लैजाने र अन्य बिरामीहरूलाई त्यहाँ राख्ने गरी टेन्ट बनाइएको थियो । तर अहिले ठाउँ अभाव छ ।