ओलीको गृह जिल्ला झापामा नेपाल समूहले गठन गर्यो समानान्तर कमिटी
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले आज झापा जिल्लामा समानान्तर कमिटी घोषणा गरेको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको गृह जिल्लामा सो पक्षले देवराज रेग्मीको नेतृत्वमा समानान्तर कमिटी बनाएको हो ।
कमिटी घोषणा कार्यक्रममा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि सहभागी छन् । झापाको बिर्तामोडमा आयोजित सो कार्यकर्ता भेला नेपाल पक्षका नेता कार्यकर्तालाई विभिन्न जिम्मेवारी दिएको छ । नेपाल पक्षले यसअघि ६७ वटा जिल्लामा कमिटीको गठन गरिसकेका छन्।
नेपाल पक्षले फागुन २३ को अदालतको फैसलाअनुसार २०७५ जेठ २ गतेसम्म क्रियाशील एमालेका कमिटी ब्युँउत्याउनु पर्ने माग गर्दै आएका छन्।
ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसदलाई रास्वपाले किन बनायो उम्मेदवार ?
प्रतिक्रिया