कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश सरकारको आज(विहीबार) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा महत्त्वपूर्ण निर्णय गरेको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार बैठकले प्रदेश भवन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यस्तै, प्रदेश सरकारले २०८३ सालका सार्वजनिक बिदा समेत स्वीकृत गरेको छ । साथै, वित्तीय समानीकरण अनुदान र सवारी साधन कर बाँडफाँडको सीमा निर्धारण गर्ने प्रस्तावलाई पनि मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।
बैठकले गत असोज १८ र १९ गतेको बाढी–पहिरो तथा चैत्र १ र २ गतेको हावा हुन्डरीबाट प्रभावित क्षेत्रमा पुनर्निर्माण कार्यलाई तीव्रता दिन विशेष निर्णय गरेको छ ।
यसका लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गत रहेको विपद् व्यवस्थापन कोषमा १५ करोड रुपैयाँ जम्मा गर्ने निर्णय गरिएको मन्त्री पराजुलीले जानकारी दिए ।
ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसदलाई रास्वपाले किन बनायो उम्मेदवार ?
कोशीका मुख्यमन्त्रीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग
प्रतिक्रिया