ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, दुई गम्भीर घाइते
कोशी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा शनिबार दिउँसो भएको ट्याक्टर दुर्घटनामा एक बालकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
तुम्लिङटारबाट खाँदबारीतर्फ जाँदै गरेको को २ त ५३५४ नम्बरको ट्याक्टर दिउँसो सवा ४ बजे अनियन्त्रित भएर सडकबाट १० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलमा तीन जना गम्भीर घाइते भएका थिए । जसमध्ये खाँदबारी–९ तुम्लिङटारका ११ वर्षीय मनिष कुमालको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मेघराज अर्यालले जानकारी दिए ।
घटनालगत्तै नेपाली सेनाको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो । उद्धार गरिएका तीनै जनालाई तुम्लिङटारस्थित मनकामना सामुदायिक अस्पतालमा उपचार गर्न पुर्याइएको थियो ।
घाइते हुनेहरूमा खाँदबारी–९ तुम्लिङटारका १० वर्षीय अमृत कुमाल र २० वर्षीय इकु कुमाल रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।
दुर्घटनापछि ट्याक्टर चालक खाँदबारी–९ सागुरीका २० वर्षीय सुशान लिम्बु फरार रहेको प्रहरीले जनाएको छ ।
विर्तामोडमा कोशी–बङ्गाल पर्यटन उत्सव
चैत २५ गतेदेखि कोशी पर्यटन महोत्सव आयोजना हुँदै
कोशी प्रदेश मन्त्रिपरिषद् विपद् कोषमा १५ करोड जम्मा गर्ने
कोशी प्रदेश सरकारको मन्त्रिपरिषद बैठक सम्पन्न
कोशी प्रदेशमा एक लाख ३१ हजार मत बदर
काठमाडौं-२ मा राप्रपाका प्रदेश सांसदलाई रास्वपाले किन बनायो उम्मेदवार ?
कोशीका मुख्यमन्त्रीलाई मुस्लिम समाजको ज्ञापनपत्र : मदरसा शिक्षा बोर्ड गठन गर्न माग
प्रतिक्रिया