पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतद्वारा खारेज

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको जेल सजाय उच्च अदालतले खारेज गरेको छ।

जेल सजायविरुद्ध खानले गरेको अपीलमा मुख्य न्यायाधीश आमेर फारुक र न्यायाधीश तारिक महमुद जाहनगिरीको संयुक्त इजलासले यो फैसला सुनाएको हो । ट्रायल कोर्टले पूर्वप्रधानमन्त्री खानलाई दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो। उक्त आदेशमा खानलाई पाँच वर्षसम्म चुनाव लड्न अयोग्य ठहराइएको थियो। 

५ अगष्टमा खानलाई तीन वर्षको कैद सजाय सुनाइएको थियो ।